नेकपा जिल्ला तहको एकतामा सहमति, अन्तिम नामावली तयार हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
२३ पटक हेरिएको
Shares
नेकपा जिल्ला तहको एकतामा सहमति, अन्तिम नामावली तयार हुँदै

सारांश

  • वैशाख ८, काठमाण्डौ ।
  • नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णु रिजालले सांगठनिक एकता प्रक्रिया टुङ्ग्याउन शीर्ष नेताहरु गृहकार्यमा जुटे पनि निष्कर्ष निकाल्न नसकेको जानकारी दिएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिजालले अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले अन्य नेताहरुसँग छलफल गर्ने क्रम जारी भए पनि सहमति नजुटेको बताएका हुन् ।

वैशाख ८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णु रिजालले सांगठनिक एकता प्रक्रिया टुङ्ग्याउन शीर्ष नेताहरु गृहकार्यमा जुटे पनि निष्कर्ष निकाल्न नसकेको जानकारी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिजालले अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले अन्य नेताहरुसँग छलफल गर्ने क्रम जारी भए पनि सहमति नजुटेको बताएका हुन् ।

यद्यपी छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको रिजालले बताए । भोली ९ गते लेलिन दिवसको दिन एकता प्रक्रिया टुङ्गिएको घोषणा गर्ने नेतृत्वको प्रयास थियो । तर त्यो सफल नभएको रिजालले बताए ।

जिल्ला तहको एकता भने भोली नै टुङ्गिन सक्ने रिजालले बताए । अरु तहको एकताको निष्कर्ष भने भोलीसम्ममा निस्किन नसक्ने रिजालले बताएका हुन् ।

जिल्लाको नेतृत्वका लागि भने नेताहरु सहमति नजिक पुगेकाले आजै नामसमेत टुङ्गो लाग्नसक्ने रिजालको दावी छ ।

(musclemx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?