ईङ्लिस प्रिमियर लिग ः वाट्फोर्ड र साउथह्याम्पटनले बराबरी खेले

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ११, २०७६
|
|
२३ पटक हेरिएको
Shares
ईङ्लिस प्रिमियर लिग ः वाट्फोर्ड र साउथह्याम्पटनले बराबरी खेले

सारांश

  • काठमाडौं, ११ बैशाख ।
  • ईङ्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनसँग वाट्फोर्डले १-१ गोलको बराबरी गरेको छ।
  • लिग अन्तर्गत मंगलबार राति भएको खेलमा वाट्फोर्डले अन्तिम समयमा गोल गर्दै बराबरी गरेको हो ।

काठमाडौं, ११ बैशाख । ईङ्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनसँग वाट्फोर्डले १-१ गोलको बराबरी गरेको छ। लिग अन्तर्गत मंगलबार राति भएको खेलमा वाट्फोर्डले अन्तिम समयमा गोल गर्दै बराबरी गरेको हो ।

हिजो भएको खेलमा साउथह्याम्पटनका लागि शेन लङ्गले ७.६९ सेकेण्डमा गोल गर्दै अग्रता दिलाएका थिए । यो प्रिमियर लिग फुटबलको इतिहासमा सबैभन्दा छिटो गरिएको गोल हो। यस गोलले उनलाई प्रिमियर लिगमा सर्वा्धिक छिट्टो गोल गर्ने खेलाडीसमेत बनाएको छ ।

३२ वर्षिय शेनले टोटनह्यामका डिफेन्डर लेड्ली किङ्गले १९ वर्ष अगाडी सन् २००० डिसेम्बरमा ब्राडफोर्ड्विरुद्धको खेलमा ९.८२ सेकेण्डमा गरेको गोलको कीर्तिमान भंग गरेका हुन्।

हिजोको वाट्फोर्डका लागि ९० औँ मिनेटमा आन्द्रे ग्रेले बराबरी गोल फर्काएका थिए । लिगमा साउथह्याम्प्टनले ३५ खेलबाट ३७ अंक जोडेको छ भने वाट्फोर्डको समान खेलबाट ५० अंक छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?