कांग्रेसको अनुशासन समितिमा १२ सय उजुरी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
कांग्रेसको अनुशासन समितिमा १२ सय उजुरी

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत चैत मसान्तसम्म देशभरबाट प्राप्त भएका करिब १२ सय उजुरीको छानवीन सुरु गरेको छ।
  • समितिले देशभरबाट प्राप्त उजुरीलाई आइतबारको बैठकबाट छानवीन सुरु गरेको हो।

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत चैत मसान्तसम्म देशभरबाट प्राप्त भएका करिब १२ सय उजुरीको छानवीन सुरु गरेको छ।
समितिले देशभरबाट प्राप्त उजुरीलाई आइतबारको बैठकबाट छानवीन सुरु गरेको हो।
प्राप्त नयाँ उजुरीमध्ये धेरैजसो स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको गत निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवारमाथि भएको अन्तर्घातका गुनासोसँग सम्बन्धित छन्।
यस्तै, गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नाममा समेत उजुरी परेका छन्।
समितिले जागरण अभियानलाई बढीभन्दा बढी मर्यादित, अनुशासित एवं व्यवस्थित गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?