स्वास्थ्यमा ३१ अर्व ७८ करोड रुपैयाँ -बजेट भाषाण

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १५, २०७४
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, जेठ १५ – प्राथमिक स्वास्थ्य सेवाको जिम्मा स्थानीय तहलाई दिइएको छ ।
  • स्वास्थ्यमा ३१ अर्व ७८ करोड रुपैयाँ छुट्याइएको छ ।
  • तीन वर्षभित्र राष्ट्रिय विमा कार्यक्रम कार्यन्वयन गरिनेछ ।

काठमाडौं, जेठ १५ – प्राथमिक स्वास्थ्य सेवाको जिम्मा स्थानीय तहलाई दिइएको छ । स्वास्थ्यमा ३१ अर्व ७८ करोड रुपैयाँ छुट्याइएको छ । तीन वर्षभित्र राष्ट्रिय विमा कार्यक्रम कार्यन्वयन गरिनेछ ।

स्वदेशकै जडिबुटीबाट औषधि उत्पादन गर्ने उद्योगहरूलाई प्राथमिकता दिइनेछ । वीर अस्पताललाई अत्याधुनिक बनाइनेछ । प्रदेशका अस्पतालमा क्षमता बिस्तार गरिनेछ । सरकारी अस्पतालमा क्यान्सर, मुटु, कलेजोको उपचार निशुल्क साथै डायलाईसिस सेवा पनि निःशुल्क गरिएको छ ।

औषधी ऐन २०३५ परिमार्जन गरिने भएको छ । म स्वस्थ मेरो देश स्वस्थ अभियान कार्यान्वयन गरिनेछ । यसका लागि सबै विद्यार्थीलाई अभियानमा सहभागी बनाइने अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?