चिठ्ठाले बनायो प्रदेश नम्बर १ को पहिलो महिला अध्यक्ष, कमल गाउँपालिकामा एमालेको भाग्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • इटहरी, असार २० – नेपाली कांग्रेस र नेकपा एमालेका अध्यक्षका प्रत्यासीले झापाको कमल गाउँपालिकामा बराबरी मत ल्याए ।
  • अन्तिम मत परिणाम सार्वजनिक गर्ने बेलामा मतगणना स्थलबाट एमालेका एजेन्ट नै सम्पर्क बिहिन भए ।
  • त्यसपछि शुरु भयो कमल गाउँपालिकामा कसलाई अध्यक्ष बनाउने भन्ने विवाद ?

इटहरी, असार २० – नेपाली कांग्रेस र नेकपा एमालेका अध्यक्षका प्रत्यासीले झापाको कमल गाउँपालिकामा बराबरी मत ल्याए । अन्तिम मत परिणाम सार्वजनिक गर्ने बेलामा मतगणना स्थलबाट एमालेका एजेन्ट नै सम्पर्क बिहिन भए ।

त्यसपछि शुरु भयो कमल गाउँपालिकामा कसलाई अध्यक्ष बनाउने भन्ने विवाद ? एमालेका अध्यक्षका प्रत्यासी मेनुका काफ्लेले ८ हजार २ सय ७५ मत ल्याउनु भएको थियो भने नेपाली कांग्रेसका अध्यक्षका प्रत्यासी हुकम सिंह राईले पनि त्यति नै मत ल्याउनु भएको हो ।

स्थानीय तहको निर्वाचनमा मतदाताले बराबरी मत दिएपछि मिलेर काम गर भन्ने जनमत त दिएका छन् तर चिठ्ठाले भाग्य भने एमालेको पक्षमा पारिदिएको छ । बराबरी मत आएपछि एमालले भन्यो अब पुनः मतगणना गरौँ । कांग्रेसले भन्यो गोला प्रथा गरौँ । दिउँसो १ बजेदेखि भएको विवाद अन्ततः चिठ्ठाले मिलाएको छ । चिठ्ठा तान्दा एमालेको भाग्य भएपछि अहिले कमल गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार मेनुका काफ्लेलाई विजय घोषणा गरिएको छ ।

उपाध्यक्ष पनि एमालले नै बाजी मारेको छ । एमालेका तर्फबाट प्रमुख पदमा प्रदेश नम्बर १ बाट जम्मा एक जना महिलालाई मात्रै उठाएको थियो । प्रमुख पदमा निर्वाचन जित्ने काफ्ले प्रदेश नम्बर एकमा पहिलो महिला बन्नु भएको छ । अहिले झापाको कमल गाँउपालिका स्थित क्याम्पा बजारमा एमाले कार्यकर्ताहरुले विजय जुलुस निकालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?