जन्ती राख्न विद्यालय बन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
२८ पटक हेरिएको
Shares
जन्ती राख्न विद्यालय बन्द

सारांश

  • काठमाडौं १७ बैशाख ।
  • धनुषाको एउटा विद्यालयले जन्ती राख्नका लागि पठनपाठन बन्द गराएको छ ।
  • नगराइन नगरपालिका–७, देबडिहास्थित राष्ट्रिय निम्न माविले वडाध्यक्ष रामदुलार मुखियाको सिफारिसमा बैशाख १३ र १४ गते बिदा दिएको हो ।

काठमाडौं १७ बैशाख । धनुषाको एउटा विद्यालयले जन्ती राख्नका लागि पठनपाठन बन्द गराएको छ । नगराइन नगरपालिका–७, देबडिहास्थित राष्ट्रिय निम्न माविले वडाध्यक्ष रामदुलार मुखियाको सिफारिसमा बैशाख १३ र १४ गते बिदा दिएको हो ।

नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै जन्ती राख्नैका लागि ६ दिन विद्यालय बन्द भइसकेको छ । यसअघि वैशाख ३ र ४ तथा ११ र १२ गते बिदा दिइएको थियो । तीनै पटक वडाध्यक्षको लिखित सिफारिसमा बिदा दिइएको प्रधानाध्यापक प्रेमलाल पासवानले बताए । ‘गाउँमा छोरीको विवाह हुँदा स्थानीयले विद्यालयमै जन्ती राख्ने गरेका छन्,’ पासवानले भने ।

कक्षा ८ सम्म पढाइ हुने यो विद्यालय नगराइन नगरपालिकाको ७ र ८ वडाको बीचमा पर्छ । दुवै वडाका स्थानीयले वडाध्यक्ष मुखियाको सिफारिस ल्याउने गरेको पासवानले बताए ।

शिक्षक बिल्टु मण्डलका अनुसार जन्ती राख्न विद्यालयले नमानेपछि स्थानीयले वडाध्यक्षको लिखित सिफारिस ल्याएका हुन् । जन्ती राख्दा पटक–पटक विद्यालय बन्द गर्नुपरेको उनले बताए । ‘जन्तीले विद्यालय परिसरमै मदिरा सेवन गरेर खाली बोतल फाल्ने, खाजाका प्याकेट, चिया गिलास, पराललगायत फोहोर फाल्छन्,’ उनले भने, ‘जथाभावी शौचसमेत गरिदिन्छन् ।’

नगराइन नगरपालिका–१ को आधारभूत विद्यालय हाँसपट्टी र लक्ष्मीनियाँ गाउँपालिका–३ को जनता निमाविमा पनि विद्यालयमै जन्ती राखेर भोजभतेर गर्ने गरिएको छ । विद्यालयमा जन्ती राख्दा विद्यार्थीलाई मनोवैज्ञानिक असर परेको स्थानीय बताउँछन् ।

गाउँलेका छोरीको विवाहमा आउने जन्ती राख्न ठाउँ नभएकाले विद्यालयमा राख्नुपरेको नगराइन नगरपालिकाका–७ का अध्यक्ष मुखियाले बताए । उनका अनुसार राष्ट्रिय निमाविले अभिभावकसँग छलफल गरी वैशाख १५ गतेपछि विद्यालयमा जन्ती राख्न नपाउने निर्णय गरिसकेको छ । नगराइन–८ का अध्यक्ष सञ्जय राउतले विद्यालयमा जन्ती राख्न नदिन पहल थालेको जनाए ।

प्रदेशका ८ वटै जिल्लाका सामुदायिक विद्यालयमा जन्ती नराख्न परिपत्र गरे पनि सुधार नभएको प्रदेश २ शिक्षा निर्देशनालयका निर्देशक रामाकान्त शर्माले बताए । पटक–पटक बन्द गरेको पाइएपछि विद्यालयमा जन्ती नराख्न पत्राचार गरिएको उनले बताए । कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट
यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट
सामूहिक बलात्कारको घटना नसेलाउँदै राजधानीमा अर्को बलात्कार
सामूहिक बलात्कारको घटना नसेलाउँदै राजधानीमा अर्को बलात्कार
०२२ मा कतारमा हुने विश्वकपको सुरक्षा नेपाली सुरक्षा गार्डले गर्ने !
०२२ मा कतारमा हुने विश्वकपको सुरक्षा नेपाली सुरक्षा गार्डले गर्ने !
अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस
अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस
विदेशी माफियाको चक्करमा फसेकै हुन् त डा. गोविन्द केसी ?
विदेशी माफियाको चक्करमा फसेकै हुन् त डा. गोविन्द केसी ?
एमाले-माओवादी मिल्दा जनयुद्धभन्दा ठूलो तरंग आयोः प्रचण्ड
एमाले-माओवादी मिल्दा जनयुद्धभन्दा ठूलो तरंग आयोः प्रचण्ड
महरा प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान, घटनास्थलबाट रक्सीको बोतल, कपडा लगायतका सामग्री बरामद
How To Stop And Reduce Hair Fall – 14 Things That Worked For Me
How To Stop And Reduce Hair Fall – 14 Things That Worked For Me
कोरोना अपडेटः १९ जना थपिएसँगै संक्रमितको संख्या पुग्यो ६०३
कोरोना अपडेटः १९ जना थपिएसँगै संक्रमितको संख्या पुग्यो ६०३
प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी
प्रदेश नं ३ को मुख्यमन्त्रीमा शाक्यदेखि स्थापितसम्म आकांक्षी

तपाईंले छुटाउनुभयो कि?