सिके राउत भन्छन् ‘केपी ओली राजनेता हुन्, समृद्धि ओलीकै पालोमा आउँछ’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १७, २०७६
|
|
३१ पटक हेरिएको
Shares
सिके राउत भन्छन् ‘केपी ओली राजनेता हुन्, समृद्धि ओलीकै पालोमा आउँछ’

सारांश

  • जनमत पार्टीका संयोजक डा.
  • चन्द्रकान्त (सिके) राउतले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको राजनेता भएको बताएका छन् ।
  • आज राति ८ बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

जनमत पार्टीका संयोजक डा. चन्द्रकान्त (सिके) राउतले प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको राजनेता भएको बताएका छन् । आज राति ८ बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

राउतले प्रधानमन्त्री ओलीकै सहयोगको कारण आफूहरुले सम्झौता गरेको र शान्तिपूर्ण तवरले अवतरण गरेको पनि स्पष्ट पारे । उनले भनेका छन्,‘प्रधानमन्त्रीज्यूले ठूलो सहयोग गर्नुभएको छ । सहमति कार्यान्वयन भएको छ । हामी ईमानदार तवरले अघि बढ्छौं ।’ सरकारसँग भएको सम्झौताअनुरुप जनमतसंग्रहको च्याप्टर नै बन्द भएको पनि उनले विश्वास दिलाए ।

वर्तमान प्रधानमन्त्री ओली भिजनरी नेता भएकोले उनकै नेतृत्वमा मुलुकले समृद्धि हाँसिल गर्ने पनि राउतको दाबी छ । उनले भने,‘उहाँ दुरदर्शी राजनेता हो । उहाँले मुलुकलाई सही दिशामा डोर्याउनुभएको छ । अब मुलुक समृद्धिको यात्रामा अघि बढेको छ । सबैले उहाँलाई साथ र सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?