विश्वविद्यालमा तनाव भगाउने कर्मचारी कुकुर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
विश्वविद्यालमा तनाव भगाउने कर्मचारी कुकुर

सारांश

  • बीबीसी ।
  • यूकेको मिडलसेक्स यूनिभर्सिटीले पाँचवटा कुकुरलाई ‘शिक्षणसहायक’का रूपमा कर्मचारी नियुक्त गरेको छ।
  • ती कुकुरले विद्यार्थीहरूलाई परीक्षासम्बन्धी तनाव कम गर्न तथा तनावकै कारण विश्वविद्यालय छोड्ने जोखिमबाट जोगिन सहयोग गर्नेछन्।

बीबीसी । यूकेको मिडलसेक्स यूनिभर्सिटीले पाँचवटा कुकुरलाई ‘शिक्षणसहायक’का रूपमा कर्मचारी नियुक्त गरेको छ। ती कुकुरले विद्यार्थीहरूलाई परीक्षासम्बन्धी तनाव कम गर्न तथा तनावकै कारण विश्वविद्यालय छोड्ने जोखिमबाट जोगिन सहयोग गर्नेछन्।

ल्याब्रडोर जातका ती कुकुरहरूलाई कर्मचारी परिचयपत्र पनि दिइएको छ। विश्वविद्यालयमा कुकुरको व्यवस्थित प्रयोग गर्ने उद्देश्यसहित सञ्चालित एउटा योजनाअन्तर्गत उनीहरूलाई ‘विद्यार्थी कल्याण’को काममा खटाइएको हो।

विश्वविद्यालयको क्लिनिक सीप विभागकी प्रमुख फिओना सदर्स भन्छिन्,’तपाईँ साँच्चै तनावको मात्रा घटेको अनुभूति गर्न सक्नुहुन्छ।’

उनी भन्छिन्, ‘यो गजबको कुरो हो र हामी जे गरिरहेका छौँ त्यसलाई निरन्तरता दिन तथा विस्तार गर्न उत्सुक छौँ।’

‘कक्षाको एउटा कुनामा कुकुर बसिराख्दा पर्ने प्रभावबारे व्याख्या गर्न गाह्रो हुन्छ।’
उनका अनुसार यो योजना सुरु गर्दा कसैलाई पनि यति सफल भइन्छ भन्ने लागेको थिएन।
सबै कुकुरलाई विशेष तालिम दिइएको र परीक्षणपछि उनीहरूको स्वभाव ठिक भएको सुनिश्चित गरेर तिनलाई काममा खटाइएको सदर्स बताउँछिन्।

गत महिना यूनिभर्सिटी अफ बकिङ्घमका उपकुलपति सर एन्थनी सेल्डनले विद्यालय तथा विश्वविद्यालयहरूमा तनाव घटाउने उपायका रूपमा कुकुरको प्रयोग गर्ने योजनालाई समर्थन गरेका थिए।

‘हाम्रा विद्यालयमा मानसिक स्वास्थ्य सुधार गर्न र हाम्रा सन्तानलाई सुरक्षित अनुभूति गराउन हामीले गर्न सक्ने छरितो र ठूलो उपाय भनेको प्रत्येक विद्यालयमा कम्तीमा एउटा कुकुर राख्नु हो,’ उनले भनेका थिए।

शिक्षामन्त्री डेमिअन हाइन्सले सर सेल्डनको भनाइको समर्थन गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?