प्रचण्ड निवास लाजिम्पाटमा दोस्रो बिबाह, कसको ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
२३ पटक हेरिएको
Shares
प्रचण्ड निवास लाजिम्पाटमा दोस्रो बिबाह, कसको ?

सारांश

  • काठमाडौं  ।
  • आजको जनआस्था साप्ताहिकमा खबर छ ।
  •  प्रचण्ड निवास लाजिम्पाटको दृश्य हो, अस्ति सोमबारको ।

काठमाडौं  । आजको जनआस्था साप्ताहिकमा खबर छ ।  प्रचण्ड निवास लाजिम्पाटको दृश्य हो, अस्ति सोमबारको ।

एकजना बेहुली थिइन्, अर्का बेहुला । उनीहरु पहिलोचोटी बेहुला–बेहुली बनिरहेका थिएनन् । बरु, नयाँ र कसिलो सम्बन्ध स्थापित गर्न पार्टीका सुप्रिम कमाण्डरकै घरमा जुटेका हुन् । जनवादी परम्पराअनुसार एकआपसमा बाँधिएर बिदा भएका हुन् ।

त्यसो त अब प्रचण्डाको घरमा विवाह गरिहाल्नपर्ने कोही सदस्य बाँकी छैनन् । तर सोमबार दुबैतिरको अभिभावक बन्दै एउटा सम्बन्ध जोडिदिएका छन् । सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकामा हालै उपमेयर जितेकी जानुका पराजुली र प्रचण्डकै सचिवालयमा काम गरेका मनोहरी तिम्सिनाबीच सम्बन्ध बनाइएको थियो, त्यहाँ ।

प्रचण्ड प्रधानमन्त्री छँदै पत्नीको तनावले सचिवालयबाट राजीनामा लेखी केही समय विरक्तिएर हिँडेका उनले पूर्वपत्नीसँग सम्बन्धबिच्छेद गरिसकेका छन् । तत्काल नयाँ सम्बन्ध बनाउने योजना थिएन । तर विरक्तिएर हिँड्ने मान्छे कहाँ पुगेर कतिबेला कुनै अप्रिय निर्णयमा पुग्ला भन्ने चिन्ता लाजिम्पाटलाई भइरह्यो ।

आफ्ना छोराछोरीहरुको झैँ सचिवालयका मान्छेको चिन्ता गर्ने र सकभर छिट्टै लगनगाँठो जुराइहाल्ने व्यक्ति हुन् प्रचण्डपत्नी सीता । उनकै पहमा कुरा भएको हो जानुकासँग । जानुका दोलखाका माओवादी नेता विशाल खड्काकी पूर्वपत्नी हुन् । २०६३ मंसिरमा उनीहरुबिच विवाह भएको थियो । तर, केही वर्षमै छुटे ।

जानुकाले ५ वर्ष अघि बिशालकी दिदी तथा पार्टी नेत्री देबी खड्काले आफु माथि घरेलु हिंसा गरेको, श्रीमान् बाट छुटाएको उजुरी पार्टी हेडक्वाटरमा दर्ज गरेकी थिईन|उनीहरुबिच गर्भपतन गराएको विषयमा समस्या आएको बताइन्छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?