प्रधानमन्त्रीको प्रश्न, ‘बालुवाटार अहिलेको सरकारले मासेको हो र ?’
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार लगायतका जग्गा यस अघिकै सरकारका पालामा हडपिएको स्पष्ट पारेका छ्न ।
- प्रधानमन्त्रीले अहिलेकै सरकारले हडपिएका सार्वजनिक जमिनलाई सरकार मातहत ल्याएको स्मरण गराउँदै भने, “बालुवाटार अहिलेको सरकार बनेर मासेको हो र ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार लगायतका जग्गा यस अघिकै सरकारका पालामा हडपिएको स्पष्ट पारेका छ्न ।
प्रधानमन्त्रीले अहिलेकै सरकारले हडपिएका सार्वजनिक जमिनलाई सरकार मातहत ल्याएको स्मरण गराउँदै भने, “बालुवाटार अहिलेको सरकार बनेर मासेको हो र ? अहिलेको सरकारले खुलामञ्च कब्जा गरेको हो र ? बरु अहिलेको सरकारले ल्याएको हो । अहिले त छानबिन हुँदैछ, खोजी हुँदैछ, अहिले हो वाइडबडी घोटाला भएको, पहिले भएकाहरुको छानबिन हुँदैछ ।”
संविधान संशोधनको विषयलाई लिएर प्रधानमन्त्रीले संघीय संसदमा जवाफ दिंदै यस्तो बताएका हुन् ।
“सुशील कोइराला प्रधानमन्त्री भएका बेला यति संशोधन भए पुग्छ भनिएको थियो,” संविधान असंशोधननीय, अपरिवर्तनीय हुन नसक्ने बताए ।
“हामीले बनाएको संविधान हो । संविधान जुनसुकै मौसममा पनि गीत गाउने विषय होइन । यो त पब्लिक कन्जम्सनका लागि जस्तो भयो । त्यसो नगरौं ।”
प्रधानमन्त्रीले वर्तमान सरकारले नै सुन तस्करीको अन्त्य गरेको बताउनुभयो । “कतिपय माननीयहरुले सुन तस्करी के भयो भन्नुभयो । बन्द भयो । उनीहरु जेलमा छन् । प्वाल बन्द गरियो । ३८ क्विन्टल सुन तस्करी भएको रहेछ । त्यो सुन कहाँ गयो । पहिलेको सरकारले थाहा पाउला । अहिलेको सरकार आएपछि रोकियो ।”
प्रतिक्रिया