विकास निर्माणको बजेटमामा प्राथमिकता दिन माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
विकास निर्माणको बजेटमामा प्राथमिकता दिन माग

सारांश

  • आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माण र औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा सङ्घीय सांसदहरुले जोड दिनुभएको छ ।
  • सङ्घीय संसद्, राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा।
  • युवराज खतिवडाले पेश गर्नुभएको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक सम्बन्धी छलफलमा भाग लिँदै सांसद भैरवसुन्दर श्रेष्ठले प्रस्तुत नीति तथा कार्यक्रमले जनताको आकांक्षालाई समेटेको बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माण र औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा सङ्घीय सांसदहरुले जोड दिनुभएको छ ।
सङ्घीय संसद्, राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले पेश गर्नुभएको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक सम्बन्धी छलफलमा भाग लिँदै सांसद भैरवसुन्दर श्रेष्ठले प्रस्तुत नीति तथा कार्यक्रमले जनताको आकांक्षालाई समेटेको बताउनुभयो । आगामी वर्ष युवा परिचालनको वर्षका रुपमा लिइएको उल्लेख गर्नुहुँदै उहाँले विगतका सरकारले वहुवर्षीय आयोजना शुरु गरे पनि पूरा हुन नसकेकोमा यस सरकारले पूरा गर्ने लक्ष्य लिएको दावी गर्नुभएको छ ।

आगामीे बजेटले शैक्षिक विकास कार्यक्रमलाई प्राथमिकता दिने र औद्योगिक क्षेत्र खोल्ने भनिएकाले तीव्र विकासको वर्ष हुने सांसद श्रेष्ठले बताउनुभयो । सांसद जितेन्द्रनारायण देवले नीति तथा कार्यक्रमभन्दा पहिले आर्थिक सर्वेक्षण किन आउँदैन भन्ने प्रश्न गर्नुहुँदै सर्वेक्षणको आधारमा नीति तथा कार्यक्रम आउनुपर्ने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम परम्परागत र कर्मकाण्डी भएको बताउनुहुँदै विगत वर्षको भन्दा फरक कार्यक्रम नआएको विचार राख्नुभयो । सडक र हवाई मार्गको सम्भावना भए पनि त्यसको विकास गर्ने विषय प्राथमिकतामा नपरेको बताउनुभयो ।

सांसद खिमलाल भट्टराईले ठूला परियोजनासँगै जनतालाई गरीबीबाट मुक्त गर्नुपर्ने बताउनुहुँदै पूर्वाधारको विकासको हिसाबले नेपाल अघि बढेको समेत उल्लेख गर्नुभयो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले उत्पीडित समुदाय र एकल महिलालगायतलाई समावेश गर्नुपर्ने उहाँको भनाइ थियो ।विकास बजेट कार्यान्वयनका लागि एक प्रदेश एक औद्योगिक क्षेत्रलाई प्राथमिकताकासाथ कार्यान्वयन गरिनुपर्ने सांसद भट्टराईको भनाइ थियो ।

(prodavinci.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरण : माधव र बाबुराममाथि मुद्दा नचलाएको विषयमा सरकारसँग लिखित जवाफ माग
ललिता निवास प्रकरण : माधव र बाबुराममाथि मुद्दा नचलाएको विषयमा सरकारसँग लिखित जवाफ माग
कस्तो रहला मंगलबार देशभरको मौसम?
डोल्पा,मनाङ लगायतका उच्च हिमाली जिल्लाहरुमा हिमपात
डोल्पा,मनाङ लगायतका उच्च हिमाली जिल्लाहरुमा हिमपात
राप्रपा र राप्रपा (प्रजातान्त्रिक)लाई ४-४ स्थान मात्रै, कुन कुन क्षेत्र पाए?
राप्रपा र राप्रपा (प्रजातान्त्रिक)लाई ४-४ स्थान मात्रै, कुन कुन क्षेत्र पाए?
वाग्मती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
वाग्मती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
‘देउवाले मोदीलाई संविधान संशोधन गर्ने बचन दिएर नेपालीको अपमान गरे’
चलेका स्कुलका नाम राख्दै विद्यार्थी झुक्काउँदै
चलेका स्कुलका नाम राख्दै विद्यार्थी झुक्काउँदै
‘यौन हिंसाको सिकार भएँ’
‘यौन हिंसाको सिकार भएँ’
एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन्ः प्रन्या
एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन्ः प्रन्या
खगेन्द्र संग्रौलाले प्रचण्डलाई जुवाडे र छेपारोको संज्ञा दिए
खगेन्द्र संग्रौलाले प्रचण्डलाई जुवाडे र छेपारोको संज्ञा दिए

तपाईंले छुटाउनुभयो कि?