नारायणकाजी भन्छन् – सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २, २०७६
|
|
४० पटक हेरिएको
Shares
नारायणकाजी भन्छन् – सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

सारांश

  • गोरखा।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का फ्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताएका छन्।
  • नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गरे।

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का फ्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताएका छन्। नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गरे। “भर्खरै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम समाजवादोन्मुख छ”, उनले भने, “अब आउने बजेट पनि समाजवादोन्मुख र समृद्धिको दिशातिर केन्द्रित भएको हुनेछ।” आउँदो जेठ १५ गते आउने बजेटले नेपाली जनताका तत्कालीन समस्या समाधान गर्ने प्रवक्ता श्रेष्ठले बताए। “सरकार पक्ष मात्र होइन, प्रतिपक्षलाई समेत समेट्ने गरी बजेट आउँछ”, उनले भने।

उनले नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार समृद्ध नेपाल निर्माणको अभियानमा जुटेको बताउँदै निर्वाचनका बेला जनतासँग गरेका सबै खालका प्रतिबद्धता नयाँ बजेटमा समावेश गर्ने उल्लेख गरे। “हामीले चुनावी घोषणापत्रमा गरेको प्रतिबद्धताअनुसार यो पटक वृद्धभत्ता बढाउने तयारी गरेका छौँ”, प्रवक्ता श्रेष्ठले भने, “बजेटका सैद्धान्तिक पक्षका बारेमा अर्थमन्त्रीले प्रिबजेट छलफलमा सबै कुरा प्रस्तुत गरिसक्नुभएको छ।”

उनले सरकारले ल्याउने बजेट पार्टीको घोषणापत्रलाई केन्द्रविन्दुमा राखेर नै अगाडि बढाउने बताए। प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री विदेशबाट फर्केलगत्तै बजेटका विषयमा बृहत् छलफल हुने र त्यसका सैद्धान्तिक पक्ष उत्पादन वृद्धि, समानुपातिक, समावेशी, सामाजिक न्यायसहित नयाँ बजेट आउने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च पदस्थका घरमा बसेका ७४ प्रहरी फिर्ता
उच्च पदस्थका घरमा बसेका ७४ प्रहरी फिर्ता
भारत नेपाल सीमामा नागरिक सहायता कक्ष सञ्चालन हुँने !
भारत नेपाल सीमामा नागरिक सहायता कक्ष सञ्चालन हुँने !
२३ बर्ष अघि मानिसको हत्या गरी फरार रहेका २ जना प्रतिबादी प्रहरीद्वारा पक्राउ….
२३ बर्ष अघि मानिसको हत्या गरी फरार रहेका २ जना प्रतिबादी प्रहरीद्वारा पक्राउ….
देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रधानमन्त्री
देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रधानमन्त्री
दशै लगत्तै मन्त्रीमण्डल फेरिने !
दशै लगत्तै मन्त्रीमण्डल फेरिने !
सहिदपुत्रको घाउमा मल्हम चलाउँदै सहिदकै परिवार
सहिदपुत्रको घाउमा मल्हम चलाउँदै सहिदकै परिवार
परराष्ट्रमन्त्रीको स्वकीय सञ्चार विज्ञमा सुधन ज्ञवाली
परराष्ट्रमन्त्रीको स्वकीय सञ्चार विज्ञमा सुधन ज्ञवाली
पोखरा-लेखनाथ महानगरपालिकाको भरतपोखरी स्थित कोटभैरव मन्दिरमा फूलपाती भित्राइयो
पोखरा-लेखनाथ महानगरपालिकाको भरतपोखरी स्थित कोटभैरव मन्दिरमा फूलपाती भित्राइयो
काठमाडौँ सहित धेरै स्थानमा विहानैदेखि आकाशै अध्यारो हुने गरी वर्षा
काठमाडौँ सहित धेरै स्थानमा विहानैदेखि आकाशै अध्यारो हुने गरी वर्षा
काठमाडौं प्रशासन भन्यो-असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौं आवतजावत नगर्नू
काठमाडौं प्रशासन भन्यो-असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौं आवतजावत नगर्नू

तपाईंले छुटाउनुभयो कि?