गौतम बुद्ध विश्व सामु गौरवको सत्पात्र : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ४, २०७६
|
|
२३ पटक हेरिएको
Shares
गौतम बुद्ध विश्व सामु गौरवको सत्पात्र : प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध विश्व सामु गौरवका सत्पात्र भएको बताएका छन् ।
  • २५ सय ६३औं बुद्ध जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
  • सन्देशमा प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याणको निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध विश्व सामु गौरवका सत्पात्र भएको बताएका छन् । २५ सय ६३औं बुद्ध जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । सन्देशमा प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याणको निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गरे ।

‘संसारमा दुःख छ र दुःख हटाउने सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिए,‘ प्रधानमन्त्री ओलीले भने, ‘जातीय भेदभाव र छुवाछुत प्रथाको विरोध गरे, समानताको सिद्धान्तको प्रतिपादन गरे। त्यसैले गौतम बुद्धको शिक्षा, सिद्धान्त र दर्शनलाई सर्वत्र अनुशरण र प्रशंसा गरिन्छ।’

प्रधानमन्त्री ओलीले बुद्धका विचारहरू जीवन दर्शन र मानव कल्याणसँग सम्बन्धित भएकोले नै विश्वभर प्रसिद्ध र लोकप्रिय बन्न सकेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले समेत गौतम बुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तको रुपमा अवलम्बन गरी संसारलाई त्यसै अनुरूप शान्तिको बाटोमा डोर्होयाउन खोजेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीलाई विशेष धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न सरकार सधैं सकारात्मक रहेको सन्देशमा उल्लेख गरे।

बुद्ध जयन्तीको महत्वपूर्ण दिनमा सबैलाई बुद्ध प्रदत्त ज्ञानलाई शिरोधार्य गरी विश्व शान्ति र भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?