यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
३७ पटक हेरिएको
Shares
यातायात समितिलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न आग्रह

सारांश

  • काठमाडौं।
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ।
  • महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो।

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ। महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो। महासङ्घले आज सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १९ (क) अनुसार कम्पनी दर्ता गर्न महासङ्घमा आवद्ध यातायात व्यवसायीलाई शेयर सदस्य बनाई यातायात व्यवस्था कार्यालयमा पेश गरी सिफारिश लिई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्नुपर्ने बताएको छ।

महासङ्घका महासचिव सरोज सिटौलाले सरकार र महासङ्घबीच भएको सहमतिअनुसार सबै यातायात समितिलाई कम्पनीमा दर्ता हुनुपर्ने बताए। “पाँच दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासङ्घले लिँदैन”, उनले भने। देशभर चल्ने सार्वजनिक सवारीसाधन यातायात समिति र केही सवारीसाधन कम्पनीमा दर्ता भएर सञ्चालित छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्ञानेन्द्रको १५ महिने शासन र दलहरुको कमजोरी
ज्ञानेन्द्रको १५ महिने शासन र दलहरुको कमजोरी
सात लाख भूकम्पपीडितको दशैं यो वर्ष पनि टहरामै
सात लाख भूकम्पपीडितको दशैं यो वर्ष पनि टहरामै
काठमाडौँ- ८ मा बाम गठबन्धन  ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’
काठमाडौँ- ८ मा बाम गठबन्धन ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’
शिक्षाका लक्ष्य हासिल पूरा गर्न सरकार प्रयासरत : उपप्रधानमन्त्री श्रेष्ठ
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्‍याे पानी ?
तराईमा उच्च वर्षा, अन्य कुन ठाउँमा कति पर्‍याे पानी ?
ह्वात्तै घट्यो सुनको मूल्य कतिमा हुँदैछ खरिदबिक्री ?
ह्वात्तै घट्यो सुनको मूल्य कतिमा हुँदैछ खरिदबिक्री ?
पाेखरामा सर्प्राइजः हिजाे, राती र अाजकाे दृष्य अलग
पाेखरामा सर्प्राइजः हिजाे, राती र अाजकाे दृष्य अलग
दमकको डेरीले दूधको भुक्तानी नपाउँदा दमकका  किसान आर्थिक सङ्कटमा
दमकको डेरीले दूधको भुक्तानी नपाउँदा दमकका किसान आर्थिक सङ्कटमा
नियमावली संसोधन अनिश्चित,राष्ट्र बैंकमा सेवा अवधिको विवाद लम्बिँदै,
नियमावली संसोधन अनिश्चित,राष्ट्र बैंकमा सेवा अवधिको विवाद लम्बिँदै,