इरानमाथि आक्रमण गर्नु अमेरिकालाई कति सजिलो छ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
इरानमाथि आक्रमण गर्नु अमेरिकालाई कति सजिलो छ ?

सारांश

  • बीबीसी।
  • अमेरिका र इरानबीच विगत केही समयदेखि लगातार तनाव बढिरहेको छ।
  • अमेरिकाले मध्य–पूर्वमा आफ्नो सेना र युद्धका समान पनि तैनाथ गरेको छ।

बीबीसी। अमेरिका र इरानबीच विगत केही समयदेखि लगातार तनाव बढिरहेको छ। अमेरिकाले मध्य–पूर्वमा आफ्नो सेना र युद्धका समान पनि तैनाथ गरेको छ।योसँगै अमेरिकाले इरानमा रहेका आफ्नो गैर–महत्वपूर्ण राजनीतिक कर्मचारीको संख्यामा पनि कटौती गरेको छ।
अर्कोतर्फ इरानले पनि आफूलाई परमाणु सम्झौताबाट आशिंक रुपमा अलग गरेपछि अमेरिकासँग परमाणु सम्झौताका विषयमा थप कुरा नगर्ने बताएको छ।

सधैं युद्ध जस्तो अवस्थाबाट घेरिएको मध्य–पूर्वमा अब अमेरिका र इरानबीच हुने संभावित युद्धको बादल मडारिन थालेको छ। अब के प्रश्न उठ्छ भने यदि यी दुई मुलुकबीच टकरावको स्थिति बन्यो भने विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिकाकालागि इरानसँग युद्ध गर्नु कतिको सजिलो हुन्छ?

यो प्रश्नको उत्तर पाउन मध्य–पूर्वमा पहिला नै भएका युद्धका विषयमा चर्चा गर्नु आवश्यक हुन्छ। यसअघि इरान र इराक मध्य–पूर्वका महत्वपूर्ण दुई देशबीच युद्ध भइसकेको छ।

२२ सेप्टेम्बर १९८० मा के समाचार सार्वजनिक भयो भने इराकी शासक सद्दाम हुसेनले इराक–इरान सीमा नजिकै हवाइ आक्रमण गर्दै ठूलो संख्यामा विस्फोटक पदार्थ खसाएका छन्।

सद्दाम हुसेनको अनुमान के थियो भने फेब्रुअरी १९७९ मा आफ्नो आन्तरिक राजनीतिक रुमल्लिएको इरान निकै कमजोर भइसकेको छ। र, मध्य–पूर्वस्थित आफ्नो छिमेकी मुलुकसँग जोडिएको विवादित इलाकामाथि कब्जा गर्ने यो उचित समय हो।

तेलको भण्डार मानिने यी दुई छिमेकी मुलुकबीच शताब्दीऔं पुरानो सीमा विवाद छ। सद्दाम हुसेनको उक्त आक्रमणपछि इरानले पनि जवाफी कारवाही गर्यो। १९८० देखि १९८८ सम्म यी दुई देशबीच भएको युद्धमा लाखौं मानिस मारिए।

केही विशेषज्ञले त यो युद्धलाई तेस्रो विश्वयुद्ध सम्म भने।इरानका वर्तमान सर्वोच्च नेता अयोतोल्लाह अली खुमेनीले इरानमाथि आक्रमण गर्न अमेरिकाले नै सद्दाम हुसेनलाई अनुमति दिएको बताएका छन्।

इस्लामिक क्रान्तिलाई बढाउनु

अयोतोल्लाह खुमेनीले इस्लामिक क्रान्तिको विचार केवल इरानमा मात्र सीमित गर्न दिएनन्। उनले इराकी जनताबीच पनि इस्लामिक क्रान्तिलाई पुर्याए। उनले इराकी जनतासँग ती व्यक्तिको विरुद्धमा उत्रिन आग्रह गरे जो इस्लाम विरुद्ध उभिन्छ। उनले ‘क्रान्ति फैलाउ’ भन्ने नारा नै बनाए।
आधुनिक इरानको राजीतिक र सैन्य दिग्गजहरुले इरान–इराक युद्धमार्फत आफ्नो नाम बनाए।

उदाहारणकालागि मेजर जनरल कासिम सलेमानीलाई लिन सकिन्छ। जो अहिले इस्लामिक रिभोल्यूशनरी गार्ड कोर्प–क्वाड फोर्स (आईआरजीसी–क्यएफ) का कमाण्डर छन्। युद्धका क्रममा उनी आफ्नो प्रतिवद्धता र वीरताकालागि परिचित भए। यसैगरी वर्तमान राष्ट्रपति हसन रुहानीका हकमा पनि के प्रमाणित भयो भने युद्धका क्रमा उनी कयौं अप्ठेरो अवस्थाको प्रमाणका रुपमा रहेका छन्।

इरानका अधिकारीकालागि इराकसँग भएको युद्ध अहिले पनि ताजै छ। उनीहरु आफ्नो भनाइ युद्धलाई एक सन्दर्भ विन्दुका रुपमा प्रयोग गर्छन्।
यदि त्यो युद्धको नजितामाथि विश्लेषण गर्ने हो भने इरानले ठूलो संख्यामा मानवीय क्षति व्यहोर्नु परेको थियो। यो मानवीय क्षतिको प्रयोग इरानी नेता आज पनि नागरिकलाई सहिद र बलिदानीको विषय स्मरण गराउन सम्झाउने गर्छन्।

युद्धबाट इरानले सिकेको पाठ
इरान–इराक युद्धबाट इरानले धेरै कुरा सिक्ने अवसर पायो। युद्धबाट इरानले आफ्नो सेनामा रहेको कमजोरीलाई पत्ता लगायो। योसँगै आफ्नो नेतृत्व क्षमताको कमजोरी र युद्धको समयमा आम नागरिक र सेनाबीच पैदा हुने तनावलाई कम गर्ने तरिकाका विषयमा पनि जानकारी पायो।
इरानले के थाहा पायो भने युद्ध लम्बिँदा उसलाई इराकको रासायनिक हतियार, मिसाइलयुक्त सुपर जेट र फारसको खाडीमा रहेका अमेरिकी नौसेनासँग सामना गर्नु सजिलो छैन।

यद्यपी यो युद्धले केवल इराकले मात्र मात्र पाठ सिकायो भन्ने उचित हुँदैन। किनभने इरान पनि आफ्नो दुश्मनलाई दबावमा राख्न सफल भयो। इरानका दुश्मनले फेरि इरानमाथि आक्रमण गर्ने हिम्मत गर्न सकेनन्।

इराकसँगको युद्धपछि इरानले आफ्नो सैन्य शक्तिलाई बलियो बनायो। उसले आधुनिक हतियारले आफ्ना सैनिकलाई सुसज्जित बनायो। यूएनएसकमको एक तथ्यांक अनुसार युद्धका क्रममा सद्दाम हुसेनले करिव ६३ प्रतिशत मिसाइल इरानमाथि खसाएका थिए।

इरानसँगको युद्ध कति मुश्किल ?
२००३ मा अमेरिकाले सद्दाम हुसेनलाई सत्ताच्युत गर्न इराकमाथि आक्रमण गरेको थियो। त्यो बेला अमेरिकाको नेतृत्व जर्ज डब्ल्यू बुशको हातमा थियो। तर इरानसँग युद्धका विषयमा स्वयं जर्ज डब्ल्यू बुशले त्यस्तो नहुनुपर्ने बताएका थिए। त्यसको कारण के हो भने अहिले पनि अमेरिकाले इराकसँग भएको उक्त युद्धलाई भोल्न सकेको छैन।

वर्तमान अवस्थमा यदि डोनाल्ड ट्रम्प प्रशासन इरानमाथि युद्ध छोड्ने कोशिस गर्छ भने अमेरिकाले ठूलो क्षति व्यवहोर्ने अनुमान लगाउन सकिन्छ।
ट्रम्पले सीरिया र अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता बोलाउने पहिला नै भनिसकेका छन्। यस्तो अवस्थामा ट्रम्पलेइरानमाथि वाक युद्ध गरेपनि वास्तविक युद्धको चुनौतीको आँकलन उनलाई थाहा होला।

इरानसँगको कुनै पनि प्रकारको युद्धको अवस्थामा स्वयं अमेरिकालाई आफ्ना सहयोगीको कमी हुन सक्छ। उसँग इजराइल खाडी मुलुकबाहेक अन्य धेरै सहयोगी हुने छैनन्। त्यतिमात्र होइन, ट्रम्प प्रशासन आफ्नै मुलुकभित्र पनि यो विषयमा एक्लिने संभावना छ। ट्रम्प प्रशासनमा यस्तो कुनै व्यक्ति छैनन् जसको स्वीकार्यकता पार्टी लाइन बाहिर पनि होस।

अमेरिकाले जब एकतर्फी रुपमा परमाणु सम्झौतालाई तोड्यो तब इरानले युरोपतर्फ आफ्नो झुकाव बनायो। इरानले के कोशिश गर्यो भने परमाणु सम्झौता नतोडियोस् र योमार्फत युरोपेली युनियनका अधिाकरीले आफ्ना कम्पनिलाई इरानसँग व्यापार र लगानी जारी गर्न प्रोत्साहन गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?