बुटवल उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धन आउट, एमालेले मार्यो बाजी
सारांश
- काठमाडौं ।
- सत्तारुढ नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धन रहेको बुटवल उपमहानगरपालिकामा एमालेको जित सुनिश्चित जस्तै भएको छ ।
- दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चा र चासोमा रहेका बुटवल उपमहानगरपालिकामा गठबन्धन दललाई पाखा लगाउँदै नेकपा एमाले जितको नजिक पुगेको हो ।
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धन रहेको बुटवल उपमहानगरपालिकामा एमालेको जित सुनिश्चित जस्तै भएको छ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चा र चासोमा रहेका बुटवल उपमहानगरपालिकामा गठबन्धन दललाई पाखा लगाउँदै नेकपा एमाले जितको नजिक पुगेको हो ।
बुटवल उपमहानगरपालिकामा ४९ हजार ८ सय ९५ मत खसेपनि हालसम्म ४७ हजार ९ सय ५७ मत गणना भएको छ । १९ सय मत गणना हुन बाँकी छ ।
जसमा एमालेका मेयर उम्मेद्वार शिवराज सुवेदीले २२ हजार ३५ मत ल्याएका छन् भने कांग्रेस माओवादी गठबन्धनका मेयर उम्मेद्वार खेलराज पाण्डेले १९ हजार ३ सय ५४ मत ल्याएका छन् ।
पाण्डे र सुवेदीबीचको मतान्तर २५ सय रहेको छ । त्यसैले अब त्यहाँ कांग्रेस माओवादी गठबन्धनको जित असम्भव छ ।
माओवादी केन्द्रसँग वडामा तालमेल नगरी उपमेयर दिएर तालमेल गरेको कांग्रेसले सोचेजस्तो मत ल्याउन सकेन । चुनावी तालमेल तथा मेयरका उम्मेदवार सीमांकन हेरफेरको आन्दोलनमा सक्रिय व्यक्ति भएकाले कांग्रेसले यो पटक लालकिल्ला तोड्ने प्रयास गरेको थियो ।
कांग्रेस(माओवादी गठबन्धनले सुकुम्बासीको भोटबाट बढी आश गरेका थिए ।
मतान्तर निकै कम होला भन्ने कांग्रेसको अनुमान थियो, जुन गलत सावित भयो । अब यही मतले एमालेका शिव सुवेदीलाई बुटवलको मेयर बनाउने लगभग निश्चित भएको छ ।
प्रतिक्रिया