बालविवाहमुक्त वडा घोषणा

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ११, २०७६
|
|
२४ पटक हेरिएको
Shares
बालविवाहमुक्त वडा घोषणा

सारांश

  • राजविराज ।
  • सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
  • गाउँपालिकाको कार्यालयमा वडा कार्यालयद्वारा आयोजित बालविवाहमुक्त घोषणा सभामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बालविवाहले समाजमा परिवर्तन नहुने बताए।

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । गाउँपालिकाको कार्यालयमा वडा कार्यालयद्वारा आयोजित बालविवाहमुक्त घोषणा सभामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बालविवाहले समाजमा परिवर्तन नहुने बताए।

समाज परिर्वनका लागि सामाजमा बालविवाहमुक्त हुनुपर्ने उल्लेख गर्दै उनले दाइजो प्रथाले पनि समाजमा बालविवाह बढेकामा चिन्ता व्यक्त गरे । उनले प्रदेश नं २ मा ‘बेटी बचाउ, बेटी पढाउ’ अन्तर्गत रु एक लाख २५ हजार शैक्षिक बीमाको तयारी भइरहेकाले सामाजिक परिवर्तन भए मात्र सबैको विकास सम्भव हुने बताए ।

सेभ द चिल्ड्रेन तथा सेभ द सप्तरीले आयोजना गरेको बालविवाहमुक्त वडा घोषणा कार्यक्रममा वडाध्यक्ष दिनेश्वर मिश्रले ९३० घरधुरी रहेको वडामा चालू आवको अहिलेसम्मको अवधिमा २८ विवाह भएका र त्यसमध्ये चार वटा मात्र बालविवाह भएका जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?