मोदीको मन्त्रिमण्डलमा यस्ता व्यक्तिले पाउने छन् प्राथमिकता
सारांश
- नयाँ दिल्ली।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३० मे मा शपथ लिएर दोस्रो पटक पदभार सम्हाल्दै छन्।
- प्रधानमन्त्री मोदीले शपथ लिने तय भएसँगै नयाँ मन्त्रिमण्डल गठनको तयारीमा मोदी लागेका छन्।
नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३० मे मा शपथ लिएर दोस्रो पटक पदभार सम्हाल्दै छन्। प्रधानमन्त्री मोदीले शपथ लिने तय भएसँगै नयाँ मन्त्रिमण्डल गठनको तयारीमा मोदी लागेका छन्। भारतीय संचारमाध्यमका अनुसार मोदीको नयाँ मन्त्रिमण्डलमा २५ प्रतिशत महिला र ४० प्रतिशत विशेषज्ञ हुनेछन्।यसअघि मोदीको पाँच वर्षे कार्यकालमा चार पटक मन्त्रिमण्डल पुर्नगठन गरेका थिए। मोदीले आफ्नो मन्त्रिमण्डल व्यावसायिक, महिला प्रतिनिधित्व, जातीय गणित, शहर–गाउँको तालमेल, विशेषज्ञता र गठबन्धन दलको सिट र युवा एवं वरिष्ठतालाई आधार मानेर मन्त्रीको छनौट गर्नेछन्।
यो पटक मोदीको मन्त्रिमण्डलमा दुई जना महिलाले स्थान पाउने भारतीय संचारमाध्यमले जनाएका छन्। पहिलो चरणमा ४० जनालाई मन्त्री बनाउने संचारमाध्यमले उल्लेख गरेका छन्।
पाँच प्रमुख मन्त्री बाहेक प्रमुख ३२ मन्त्रालयको जिम्मेवारी जसलाई दिइन्छ, ती मध्येबाट २० देखि २५ प्रतिशत महिला, ४० प्रतिशत विशेषज्ञ, पोलिसी प्लाजिङ एक्सपर्टस्, टेक्नोक्रेट र प्रशासक सहभागी हुनेछन्।अघिल्लो सरकारमा महत्वपूर्ण मन्त्रालय मध्येबाट एक एक मन्त्रालय गठबन्धनमा सहभागी दललाई दिइएको थियो।, जसमा शिवसेना, तेलुगु देशम, अकाली दल र एलजीपी थिए। यो पटक गठबन्धनमा टीडीपी छैन र जेडीयु, अन्नाद्रमुकले उसको स्थान लिएको छ।
उत्तर प्रदेशमा महागठबन्धनलाई पराजित गर्दै बिजेपीले ६२ र बिहारमा ३९ सिटमा जित हासिल गरेको छ। १०१ सिट जितेको यी दुई प्रदेशबाट मन्त्रिमण्डलको ठूलो सहभागिता हुनेछ। बंगालका १८ सांसदमध्ये चार जनाले मन्त्रिमण्डलमा स्थान पाउन सक्ने भारतीय संचारमाध्यमले जनाएका छन्।
यो पटक झारखण्ड, हरियाणा, महाराष्ट्रमा विधान सभा निर्वाचन भएका यी राज्यले पनि केन्द्र सरकारमा राम्रो स्थान पाउने छन्।
प्रतिक्रिया