‘जब गलत सोचिन्छ समस्याले पिरोल्छ’

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
३७ पटक हेरिएको
Shares
‘जब गलत सोचिन्छ समस्याले पिरोल्छ’

सारांश

  • अर्जुन कुरुक्षेत्रमा अस्त्र छाडेर विलौना गर्न थाले ।
  • कृष्णले जति सम्झाउँदा पनि अर्जुनले पूर्खा र आफन्तको मोहमा परिरहे ।
  • त्यही मोहका कारण पीडा प्रदर्शन गर्न छाडेनन् ।

अर्जुन कुरुक्षेत्रमा अस्त्र छाडेर विलौना गर्न थाले । कृष्णले जति सम्झाउँदा पनि अर्जुनले पूर्खा र आफन्तको मोहमा परिरहे । त्यही मोहका कारण पीडा प्रदर्शन गर्न छाडेनन् । दुःखी भएर खुट्टा टेक्न नसकेर घुँडा टेकेर कृष्णसामु भन्नथाले–म कसरी पितामह भीष्म, गुरु द्रोणचार्य, कुलगुरु कृपाचार्य जस्ता सममानितमाथि अस्त्र चलाउन सक्छु रु अर्जुनलाई आफन्तप्रतिको मोहले घेरिरहेको थियो । धर्मविरोधीलाई प्रीय आफन्त देखिरहेका थिए ।पीडामा परेका अर्जुनलाई सम्झाईबुझाई गरी कृष्णले युद्धका लागि मनाए । कृष्णले अज्ञानतालाई अर्जुनको मु्ख्य समस्या देखाए । युद्धबाट भाग्नु धर्मविरुद्ध हुने र महापाप लाग्ने भने । अर्जुनभित्रको समस्याको जड उनीभित्रको नकारात्मक विचार कारण थियो ।

धर्मविरोधीप्रति उनले सदाशयता देखाइरहेका थिए । जुन सतहमा सकारात्मक लागेपनि नकारात्मक विचारको उपज थियो । अर्जुनलाई नकारात्मक विचार त्यागेर समस्याबाट मुक्त गराउन कृष्णले भूमिका खेले ।अर्जुन सकारात्मक सोचका साथ समस्याबाट मुक्त भई उत्साही भए । धर्मका लागि अस्त्र उठाए । आफ्ना अगाडि उभिएका पितामह देखि गुरुसम्मलाई धर्मविरोधी ठहर गर्दै धर्मयुद्ध लडे । सकारात्मक विचारले लडेको युद्धमा विजयी भए ।

कृष्णले कर्मयोगलाई स्वार्थरहित सेवा भनेका छ । कर्मयोगीले धर्मलाई महत्व दिइरहेको हुन्छ । अर्जुनलाई कर्मयोगी बन्न प्रेरित गर्दै कृष्ण भन्छन्–इच्छा, रिस र आशक्ति हाम्रो मुख्य शत्रु हुन् जसले हामीलाई स्वार्गी बनाएर शान्ति र प्रगति हरण गर्छ ।कृष्ण व्याख्या गर्दै भन्छन्–हरेक मनुष्यको जन्म आफ्नै कर्मको कारणले हो । असली कर्मयोगीले नतिजा हेरेर कर्म गर्दैन । कृष्णको यो भनाईलाई निरन्तरको कर्मले अवश्य पनि नतिजा प्राप्त हुने तर नतिजाको चिन्ता गर्नुनपर्ने आशय बुझ्न सकिन्छ ।जीवनमा सबैभन्दा महत्वपूर्ण आफूलाई चिन्नु हो । अरुलाई प्रेम गर्नु आफैलाई प्रेम गर्नु हो । श्रीकृष्णले यसलाई व्याख्या गर्दा आफैलाई बुझ्नुपर्नेमा जोड दिएका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकाअर्कालाई व्यंग्य गर्दै मन्चमै दीपाश्री र माग्नेबुढाको झगडा (हेर्नुस भिडियो)
एकाअर्कालाई व्यंग्य गर्दै मन्चमै दीपाश्री र माग्नेबुढाको झगडा (हेर्नुस भिडियो)
साथीहरु मन्त्री भैसके, अनुपा १५ वर्षदेखि बमका छर्रा बोकेर हिड्दैछिन्
साथीहरु मन्त्री भैसके, अनुपा १५ वर्षदेखि बमका छर्रा बोकेर हिड्दैछिन्
३ जना सवार मोटरसाईकल दुर्घटना , एकको मृत्य २ घाईते
३ जना सवार मोटरसाईकल दुर्घटना , एकको मृत्य २ घाईते
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, भ्रष्टाचारमा शून्य शहनशीलताको नीति
प्रेमी नै दानव बनेपछि कसको के लाग्छ!
प्रेमी नै दानव बनेपछि कसको के लाग्छ!
नेपाली कामदार माग गर्दै जापानद्वारा नेपाल सरकारलार्इ पत्र
नेपाली कामदार माग गर्दै जापानद्वारा नेपाल सरकारलार्इ पत्र
गर्जिन्छ अनि झुक्छ, कहाँ कहाँ झुक्यो सरकार
गर्जिन्छ अनि झुक्छ, कहाँ कहाँ झुक्यो सरकार
वार्नरको अन्तिम खेलमा हैदरावाद विजयी
वार्नरको अन्तिम खेलमा हैदरावाद विजयी
सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त : मुख्यमन्त्री कार्की
सुशासनको प्रत्याभूतिका लागि सुरक्षा अनिवार्य सर्त : मुख्यमन्त्री कार्की
सुनौला सपनासहित दुर्घटनामा घाइते, रकम अभावले दाङका यी युवाको मलेसियामा उपचार प्रभावित
सुनौला सपनासहित दुर्घटनामा घाइते, रकम अभावले दाङका यी युवाको मलेसियामा उपचार प्रभावित