खगेन्द्र लामिछाने पानीफोटोको निर्देशक
सारांश
- पशुपतिप्रसादमा गरेको स्वभाविक अभिनयबाट निकै चर्चित बनेका कलाकार खगेन्द्र लामिछाने निर्देशक पनि बन्ने भएका छन् ।
- लामिछानेको पहिलो निर्देशकीय यात्रा ‘पानीफोटो’बाट सुरु हुँदैछ ।
- आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो पहिलो निर्देशकीय यात्राको बारेमा जानकारी गराए ।
पशुपतिप्रसादमा गरेको स्वभाविक अभिनयबाट निकै चर्चित बनेका कलाकार खगेन्द्र लामिछाने निर्देशक पनि बन्ने भएका छन् । लामिछानेको पहिलो निर्देशकीय यात्रा ‘पानीफोटो’बाट सुरु हुँदैछ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो पहिलो निर्देशकीय यात्राको बारेमा जानकारी गराए ।
१५ वर्ष अघि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बाउआमाको कथा पानीफोटोमा लामिछानेले प्रस्तुत गर्दैछन् । फिल्म निर्माण रोजिना सिटौला र रविन्द्र बज्राचार्यले गर्दैछन् ।
फिल्ममा सुनिल पोखरेल, निशा शर्मा, अनुप बराल, मेनुका प्रधान सहित लामिछाने आफैले पनि अभिनय गर्दैछन् । टुकी आर्ट्स प्रालि र मञ्जुश्री प्रोडक्सनको सहकार्यमा पानीफोटो निर्माण गरिन लागिएको हो ।
आगामी भदौबाट छायांकन सुरु हुने फिल्मको काठमाडौँ, चितवन, स्याङ्जा र रोल्पामा हुनेछ । २०२० मा फिल्म प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।
प्रतिक्रिया