विप्लव समूहद्वारा भक्तपुरमा जग्गा कब्जा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २२, २०७६
|
|
२५ पटक हेरिएको
Shares
विप्लव समूहद्वारा भक्तपुरमा जग्गा कब्जा

सारांश

  • काठमाडौं।
  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उपत्यकामै सरकारलाई ठाडो चुनौती दिएको छ ।
  • उसले भक्तपुरमा जग्गा कब्जा गरेर त्यहाँ आफ्नो पार्टीले जग्गा कब्जा गरेको बोर्ड लगाएको छ ।

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उपत्यकामै सरकारलाई ठाडो चुनौती दिएको छ । उसले भक्तपुरमा जग्गा कब्जा गरेर त्यहाँ आफ्नो पार्टीले जग्गा कब्जा गरेको बोर्ड लगाएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा रहेको जग्गामा कब्जा गरिएको भन्दै ‘जिल्ला जनपरिषद भक्तपुर’को नामबाट बोर्ड टाँगिएको छ ।यो जग्गा चाँगुनारायण–५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको बताइएको छ ।

यो जग्गाको लागि पीडित महिलाहरु आफ्नो पार्टीमा उजुरी गर्न आएको र त्यसपछि पार्टीले जग्गा कब्जा गरेको व्यहोराको विज्ञप्ति जारी गरिएको छ । विज्ञप्तिमा अनपढ महिलालाई दबाब र प्रलोभन दिएर जग्गा भूमाफियाले कब्जा गरेकोमा ती महिलालाई न्याय दिलाउन अहिले पार्टीले कब्जा गरेको उल्लेख छ ।परिषद्ले सो जग्गामा झण्डा गाडेर ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन । अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ’ लेखिएको ब्यानर टाँगेको छ । परिषदले पैसा र पहुँचका आधारमा जग्गामाथि चलखेल गरे कडाभन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?