पेट्रोलियम पदार्थको हाहाकार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २३, २०७६
|
|
५५ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको हाहाकार

सारांश

  • पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् ।
  • नेपालले आयात गर्दै आएको पेट्र«ोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो ।
  • झापाको चारआलीस्थित नेपाल आयल निगमको डिपोले भारतको सिलिगुढीबाट पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो ।

पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् ।नेपालले आयात गर्दै आएको पेट्र«ोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो ।झापाको चारआलीस्थित नेपाल आयल निगमको डिपोले भारतको सिलिगुढीबाट पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो । तर पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले अनलाइन प्रणालीमा गडबडी भएको भन्दै तेलका ट्याङ्कर हप्तौँसम्म रोक्न थालेको छ ।इन्धन जस्तो संवेदनशील वस्तुको हाहाकार भएपछि सर्वसाधारणमा परेको समस्यालाई तत्काल हटाउन नेपाल आयल निगमको चारआली शाखा कार्यालयले विराटनगरस्थित निगमको प्रादेशिक कार्यालयबाट पेट्रोलियम पदार्थ ल्याउन निगमका बिक्रेता एवं व्यवसायीलाई आग्रह गरेको छ ।

शाखाका प्रमुख सनम कार्कीले बुधबार विज्ञप्ति नै जारी गरेर नियमित आपूर्ति चाँडै गराउन निगम प्रयत्नशील रहेको जानकारी गराउँदै ताप्लेजुङ, पाँचथर, इलाम र झापास्थित निगमका बिक्रेतालाई आवश्यक पेट्रोलियम पदार्थ निगमको प्रदेश नं १ को प्रादेशिक कार्यालय विराटनगरबाट उपलब्ध गराइने उल्लेख गर्नुभएको छ ।पेट्रोलियम व्यवसायीलाई उहाँले चाहिएजति इन्धनको मूल्य भुक्तानीको बैंक भौचर शाखा कार्यालयमा बुझाएपछि मागबमोजिमको पेट्रोलियम पदार्थ उपलब्ध गराइने उल्लेख गर्नुभएको छ । साविक मेची अञ्चलका चार जिल्लामा दैनिक १ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेल खपत हुने गरेको छ । भारतबाट तेल नआएपछि यी जिल्लाका पेट्र«ोलपम्प स्वतः बन्द भएका छन् ।

मेची पेट्रोलियम व्यवसायी एसोसिएसनका अध्यक्ष मार्स प्रसाईंले प्रादेशिक कार्यालय विराटनगरबाट पेट्रोलियम पदार्थ लिन सकिने जानकारीसहितको पत्र बुधबार पठाएको र त्यो प्रक्रियाबाट इन्धन ढुवानी गर्दा महङ्गो पर्ने बताउनुभयो ।अध्यक्ष प्रसार्इंले विराटनगरबाट लकिङ गरेका ट्याङ्कर नआउने हुँदा क्वालिटी र क्वान्टीटी दुवैमा ग्यारेन्टी नहुने दाबी गर्नुभयो । निगमले पेट्रोलियम व्यवसायीलाई १५ किलोमिटरसम्म एक हजार लिटरको रु ३१६ भाडाको मापदण्ड बनाएको बताउँदै उहाँले विराटनगरबाट ल्याउँदा रु एक हजार ९९ लाग्ने बताउनुभयो । उहाँले निगम आफँैले नै प्रादेशिक कार्यालयबाट लकसहितका ट्याङ्कर ल्याएर चारआली डिपोमार्फत व्यवसायीलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने माग गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
तातोपानी साना जलविद्युत् आयोजना बेवास्ताको शिकार
तातोपानी साना जलविद्युत् आयोजना बेवास्ताको शिकार
टेरेन्टिनोको नयाँ फिल्ममा लियोनार्दो खेल्ने पक्का
टेरेन्टिनोको नयाँ फिल्ममा लियोनार्दो खेल्ने पक्का
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ  गाउँमा पठाएका छन्
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ गाउँमा पठाएका छन्
लागुऔषध गाँजासहित भारतीय पक्राउ
लागुऔषध गाँजासहित भारतीय पक्राउ
उपत्यकाका नदी किनारका आसपास क्षेत्र डुबानमा
उपत्यकाका नदी किनारका आसपास क्षेत्र डुबानमा
पद्मरत्नकी श्रीमतीलाई प्रधानमन्त्रीको शोकसन्देश, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने
पद्मरत्नकी श्रीमतीलाई प्रधानमन्त्रीको शोकसन्देश, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने
सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार
सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार
संघीय संसदका नवनियुक्त सचिवको शपथ
संघीय संसदका नवनियुक्त सचिवको शपथ
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो