उदयपुर गोल्ड कप जेठ ३२ गतेबाट असार ७ सम्म संचालन हुने
सारांश
- गाईघाट २८,जेठ।
- उदयपुर गोल्ड कपको छैठौं संस्करणको खेल तालिका मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरीएको छ ।
- यही जेष्ठ ३२ गतेबाट असार ७ गतेसम्म गोल्ड कप संचालन हुने भएको छ ।
गाईघाट २८,जेठ। उदयपुर गोल्ड कपको छैठौं संस्करणको खेल तालिका मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरीएको छ ।यही जेष्ठ ३२ गतेबाट असार ७ गतेसम्म गोल्ड कप संचालन हुने भएको छ ।
गोल्ड कपको पहिलो समूह अन्तर्गत सशस्त्र प्रहरी वल काठमाडौं विरुद्ध सुनसरी, मोरङ्ग सेन्टर मोरङ्ग विरुद्ध नेपाल पुलिस क्लब काठमाडौं विच हुने छ भने दोस्रो समूह अन्तर्गत उदयपुर ११ (आयोजक) विरुद्ध झापा फुटबल क्लब झापा ११, गोर्खा व्वाईज क्लब रुपन्देही विरुद्ध सङ्कटा क्लब काठमाडौं विच हुने छ ।
उदयपुर गोल्डकप मुल आयोजक समितिको आयोजना, त्रियुगा नगरपालिकाको संयोजन, उदयपुर गैँडा छाप सिमेन्टका मुख्य प्रयोजन, जिल्ला खेलकुद विकास समिति उदयपुर, जिल्ला फुटबल संघ उदयपुर, त्रियुगा नगर युवा खेलकुद विकास समितिको व्यावस्थापनमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
आयोजक टिम सहित ८ टिमले सहभागीता जनाउने आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले बताए ।उदयपुर गोल्डकप को आयोजना ले गर्दा उदयपुर जिल्ला लाई राष्ट्रिय स्तरमा चिनाउन सफल भएको अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले बताए ।
प्रतिक्रिया