आफ्नै पार्टीका सञ्चारमन्त्री माथि किन खनिए सांसद रामवीर मानन्धर ?
सारांश
- नेकपाका सांसद रामवीर मानन्धरले सुचना, प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाले राजिनामा दिनुपर्ने अडान दिएका छन् ।
- प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मानन्धरले गुठी विधेयकको विरोध गर्ने गुठियारलाई सामन्ती भनेकोमा आक्रोष पोखेका हुन् ।
- “सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् ।
नेकपाका सांसद रामवीर मानन्धरले सुचना, प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाले राजिनामा दिनुपर्ने अडान दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मानन्धरले गुठी विधेयकको विरोध गर्ने गुठियारलाई सामन्ती भनेकोमा आक्रोष पोखेका हुन् । “सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।” उनले भने ।
सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । “संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजिनामा दिनुस् ।” उनले भने ।
मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजिनामा नै माग्नुपर्ने अवस्था आएको पनि बताए । “आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ ।” मानन्धरले भने । मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो ।
यो पनि पढ्नुस्
गुठी विधेयक फिर्ता लिन प्रम ओली सकरात्मक

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित बनेको गुठी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बारेमा मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय लिने बताएका छन् ।। प्रधानमन्त्री निवास बालुवाटारमा काठमाण्डौ उपत्यकाका जनप्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । छलफलमा सत्तारुढ दलका सांसद जीवनराम श्रेष्ठ, महेश बस्नेत, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रदेशसांसद् वसन्त मानन्धर, दीपक निरौलालगायतले धर्म सस्कृति, जात्रा पर्वमाथि नै प्रहार हुने गरी विधेयक आएकाले सरकारले फिर्ता लिनुपर्ने धारणा राखेका थिए ।
विधेयकका कतिपय प्रावधानलाई लिएर पार्टीको छवी माथि समेत प्रहार हुन लागेकाले अहिलेको समयमा सरकारले विधेयक अघि बढाउनु उपयुक्त नभएको पनि उनीहरुले सुझाव दिएका थिए । जनस्तरबाटै पार्टी र सरकारको विरोध हुनु उपयुक्त नभएकाले नागरिकमा विश्वास दिलाउन पनि सरकारलाई विधेयक फिर्ता लिनुको अर्को विकल्प नरहेको सहभागीहरुले सुझाव दिएको छलफलमा सहभागी सांसद रामवीर मानन्धरले बताए ।
छलफलमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, सुवास नेम्वाङसमेत सहभागी भएका थिए । यसअघि नेता नेपालले विधेयकका बारेमा सिंहदरबारमा सत्तारुढ दलका काठमाण्डौ उपत्यकाका सांसदहरुसँग छलफल गरेका थिए ।
साताव्यापी युरोप भ्रमण सकेर फर्कने क्रममा आइतबार विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विधेयक सच्चाउने भनाई सार्वजनिक गरेका थिए । त्यही अनुरुप प्रधानमन्त्री ओलीले सरोकारवालाहरुसँग सोमबार छलफल गरेका हुन् । यसअघि आजै बिहान प्रधानमन्त्री ओलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालसँग विधेयक विवादका सम्बन्धमा आवश्यक जानकारी लिएका थिए ।
छलफलमा प्रधानमन्त्री ओलीले विवाद उत्पन्न हुने गरी, धर्म सस्कृति नै लोप हुने गरी सरकारले कुनै पनि काम नगर्ने भन्दै आश्वस्त पार्नुभएको सांसद मानन्धरले बताउनुभयो । प्रधानमन्त्री सकारात्मक देखिएकाले पनि विधेयक फिर्ता हुने आफूले विश्वास आफुले लिएको सांसद मानन्धरले बताए । सत्तारुढ दलकै सांसद भएपनि मानन्धरले गुठी विधेयकको चर्को विरोध गरिरहेका छन् ।
प्रतिक्रिया