फिल्म ‘श्रीदेवी बंगलो’ झन चर्चामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ११, २०७६
|
|
२२ पटक हेरिएको
Shares
फिल्म ‘श्रीदेवी बंगलो’ झन चर्चामा

सारांश

  • मुम्बई।
  • प्रिया प्रकाश वारियर र अरबाज खान अभिनित फिल्त ‘श्रीदेवी बंगलो’ त्यतिबेला चर्चामा आएको थियो, जतिबेला यो फिल्मको टीजर रिलीज भएपछि दिवगंत अभिनेत्रीका श्रीमान बोनी कपुरले फिल्मका निर्मातालाई कानुनी नोटिस पठाएका थिए।
  • अब निर्माताले बोनी कपुरलाई त्यसको जवाफ पठाएका छन्।

मुम्बई। प्रिया प्रकाश वारियर र अरबाज खान अभिनित फिल्त ‘श्रीदेवी बंगलो’ त्यतिबेला चर्चामा आएको थियो, जतिबेला यो फिल्मको टीजर रिलीज भएपछि दिवगंत अभिनेत्रीका श्रीमान बोनी कपुरले फिल्मका निर्मातालाई कानुनी नोटिस पठाएका थिए। अब निर्माताले बोनी कपुरलाई त्यसको जवाफ पठाएका छन्। जवाफमा फिल्मको नाम मात्र श्रीदेवीसँग मिल्दोजुल्दो भएको उल्लख गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्।फिल्मका निर्माता चन्द्रशेखर सुधीर कुमार, रोमन गिल्बर्ट, जेरोम जोसेफ र मनिष नायर हुन्। उनीहरुले बोनी कपुरको पत्रको जवाफमा लेखेका छन्–फिल्मको नाम श्रीदेवी बंगलो चर्चित अभिनेत्री श्रीदेवीको नामसँग मिल्दोजुल्दो छ, यो एउटा संयोजकमात्र हो। फिल्मको कथा बस्तुको अभिनेत्रीसँग कुनै सम्बन्ध छैन।’

जवाफमा फिल्मको कथावस्तु एक सुपरस्टारको जसको नाम श्रीदेवी भएको स्पष्ट पारिएको छ। उनको जीवनमा अप्रत्याशित घटना घट्छ। सपनाको संसारमा एक मानिस कसरी परिस्थितिलाई हेर्छ, राम्रो र नराम्रो समयमा उसले कसरी आफूलाई प्रस्तुत गर्छ भन्ने विषयमा फिल्मको कथा बस्छु छ। दक्षिण भारतमा युवतीको नाम श्रीदेवी राखिन्छ, त्यसकारण श्रीदेवीको नामसँग फिल्मको नाम जोडिनु संयोगमात्र हो।फिल्मका निर्देशक प्रशान्त ममबुली हुन्। यो फिल्मलाई पाँच भाषा, हिन्दी, मलयालम, तमिल, तेलुगु र कन्नड भाषामा रिलीज गरिने भएको छ। यो फिल्मको धेरै जसो शुटिङ लन्डनमा भएको छ। यो फिल्मको ८० प्रतिशत शुटिङ पूरा भइसकेको छ। बाँकी शुटिङ जुलाइ महिनाको अन्तिमबाट मुम्बईमा सुरु हुने भारतीय संचारमाध्यमले जनाएका छन्। सुपरस्टार श्रीदेवीको भूमिका प्रिया प्रकाशले निभाइकी छन्। यी तिनै प्रिया प्रकाश हुन् जो समाजिक सञ्जालमा रातारात चर्चित भएकी थिइन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?