बाबुराम भट्टराईको पिएचडी प्रति प्रचण्डको आयो यस्तो टिप्पणी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
बाबुराम भट्टराईको पिएचडी प्रति प्रचण्डको आयो यस्तो टिप्पणी

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबुराम भट्टराईलाई पनि एकतामा आउन आग्रह गरेका छन् ।
  • शुक्रबार समाजवादी पार्टी छोडेर नेकपा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा प्रचण्डले बाबुराम भट्टराईलाई पनि एकतामा आउन आह्वान गरेका हुन् ।
  • बाबुराम बाहेक प्रचण्डले आफ्ना अन्य पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबुराम भट्टराईलाई पनि एकतामा आउन आग्रह गरेका छन् । शुक्रबार समाजवादी पार्टी छोडेर नेकपा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा प्रचण्डले बाबुराम भट्टराईलाई पनि एकतामा आउन आह्वान गरेका हुन् ।

बाबुराम बाहेक प्रचण्डले आफ्ना अन्य पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गरेका छन् । नयाँ पार्टी र नयाँ नेपाल बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको पीएचडी (बौद्धिकता)ले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने पनि उनले दावी गरे । बाबुरामको बौद्धिकताले नेकपासँगको एकतापछि मात्रै सार्थकता पाउने उनले ठोकुवा गरे ।

कार्यक्रममा बोल्दै उनले नेपालमा शान्ति प्रक्रिया भाँड्नको लागि चलखेल भैरहेको भन्दै चिन्ता व्यक्त गरे । यद्यल्पी कसैले यस्तो प्रयास गरिरहेको भए उक्त प्रयास घातक भएको दाहालको टिप्पणी छ । उनले भने ‘शान्ति प्रक्रिया भाड्नकै लागि केही मानिसलाई युरोप घुमाइएको छ ।’ तर जति प्रयास गरेपनि शान्ति प्रक्रिया कुनै पनि हालतमा नभाँडिने उनले दावी गरे ।

यो पनि पढ्नुस्
करिष्मा मानन्धर अर्को हप्ता नेकपा प्रवेश गर्दै
चलचित्र नायिका करिश्मा मानन्धर अर्को हप्ता नेपाल कम्युनिष्ट पार्टी प्रवेश गर्ने निश्चित भएको छ । उनले पार्टी प्रवेश गर्ने खबर केही दिनदेखि चर्चामा थियो । एसईई उत्तीर्ण गरेलगत्तै करिश्माले राजनीतिमा फेरि करिश्मा देखाउने संकेत गर्दै नेकपा प्रवेश गर्न लागेकी हुन् । उनलाई नेकपाका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम लगभग तय भएको छ ।

करिश्माले प्रचण्डलाई यसै हप्ता भेटिसकेकी छिन् । नयाँ शक्ति पार्टी, नेपालको संस्थापक रहेकी मानन्धरले डा.बाबुराम भट्टराईसँगको तीन वर्ष लामो राजनीतिक सम्बन्ध तोडेर नेकपामा प्रवेश गर्न लागेकी हुन् । बाबुराम समाजवादी पार्टी नेपालको अध्यक्ष छन् । करिश्माको राजनीतिप्रतिका मोह अझै भंग नभएको देखिएको छ ।

एक छोरीकी आमा करिश्मा सदावहार नायिका हुन् । नेपाली चलचित्र क्षेत्रमा सुन्दर नायिकामा गनिएकी उनी बेला बेलामा विवादमा आइरहन्छिन् । करिश्मा केही वर्ष अमेरिकामा बसिन् । त्यहाँबाट फर्किएपछि उनी चलचित्रमा मात्र नभई राजनीतिमा पनि सक्रिय हुन थालिन् । ढल्कदो उमेरमा पनि निकै मेहनतका साथ पढेर एसइइ उतिर्ण गरेपछि करिष्मा अहिले शिक्षाका लागि प्रेरणा बनेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?