मण्डनदेउपुरको दनुवार वस्तीमा डिपबोरिङ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २२, २०७६
|
|
२१ पटक हेरिएको
Shares
मण्डनदेउपुरको दनुवार वस्तीमा डिपबोरिङ

सारांश

  • प्रदेश सरकारको पहलमा मण्डनदेउपुर नगरपालिका वडा नं ८ का गुरागाईटारमा डेडिदेवी खानेपानी डिपबोरिङसुरु गरिएको छ ।
  • प्रदेश सभा सदस्य लक्ष्मण लम्सालको पहलमा गत बर्ष ३० लाख रुपैया बिनियोजन भएको सो खानेपानी डिपबोरिङलाई यो बर्ष पनि थप ५० लाख रुपैया बिनियोजन भएको थियो ।
  • डिपबोरिङ सुरु भएपछि मण्डनदेउपुर नगरपालिका वडा नं ८ का करिब ५ सय घरधुरीले लाभ पाउनेछन् ।

प्रदेश सरकारको पहलमा मण्डनदेउपुर नगरपालिका वडा नं ८ का गुरागाईटारमा डेडिदेवी खानेपानी डिपबोरिङसुरु गरिएको छ । प्रदेश सभा सदस्य लक्ष्मण लम्सालको पहलमा गत बर्ष ३० लाख रुपैया बिनियोजन भएको सो खानेपानी डिपबोरिङलाई यो बर्ष पनि थप ५० लाख रुपैया बिनियोजन भएको थियो । डिपबोरिङ सुरु भएपछि मण्डनदेउपुर नगरपालिका वडा नं ८ का करिब ५ सय घरधुरीले लाभ पाउनेछन् ।

उक्त डिपबोरिङ कार्यको सुभाराम्भ कार्यक्रममा बोल्दै प्रमुख अथिति प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले यस क्षेत्रका जनताको अहिलेको मुख्य आवश्यकता खानेपानी रहेकाले प्रदेशको सहयोगमा डिपबोरिङ सुरु गरिएको बताए । उनले डिपबोरिङ गरेर सबैको पहुच हुने गरि पानी वितरण गरिने उल्लेख गरे । डिपबोरिङ सुरु भएपछि सबैले मुहानको संरक्षणमा ध्यान दिन पनि प्रदेशसभा सदस्य लम्सालले स्थानीयलाई आग्रह गरे ।

अहिले प्रदेश सरकारले प्राथमिकताको आधारमा शिक्षा, खानेपानी स्वास्थ्य लगायतको क्षेत्रहरुमा जोड दिइरहेको लम्सालको भनाई छ । सो कार्यक्रममा बोल्दै नगरप्रमुख टोक बहादुर वाइवाले अहिले तीन तहको सरकारहरु मिलेर बिकासको कार्यहरु गरिरहेको बताए । यसै अन्तर्गत नगरपालिकाकै पहलमा ८ नं वडाको दनुवार बस्तीमा डिपबोरिङ कार्यको काम सुरु भएको बताए ।

नगर उपप्रमुख निर्मला शाहीले महिलाहरुले खानेपानीको लागि भोग्नुपरेको समस्या यो डिपबोरिङ सञ्चालनमा आए पछि कम हुने बताइन् । खानेपानीका लागि अहिले यहाँका महिलाले निकै सास्ती भोगिरहेको उपप्रमुखले जनाइन् । नगरले यहाँको स्थानीयहरुको खानेपानि समस्यलाई मध्यनजर गरेर डिपबोरिङको लागि डिपिआर गरेको उनले भनिन् ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष झलकप्रसाद पौडेलले आफ्नो वडामा परेका समस्या निराकरण गर्नको लागि नगर, प्रदेश तथा संघीय सरकारसँग मिलेर काम गरिरहेको बताए । नगरपालिका र वडा कार्यालयले यहाँको जनताको अति आवश्यक खानेपानिको लागि एक रुपैया पनि बिनियोजन नगरिएपनि प्रदेश सांसदले जनताको खानेपानीको समस्या बुझेको कारण यो डिपबोरिङ सुरु गरिएको वडा सदस्य सुर्य राईले बताए । वडा सदस्य बिमला पौडेलले वडामा खानेपानीको समस्या समाधान हुने आशा व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?