आज विहानै आकष्मिक मन्त्रिपरिषद बैठक बस्दै
सारांश
- हिजो बसेको मन्त्रिपरिषदको बैठक फेरि आज विहान ७ बजे नै बस्ने भएको छ ।
- हिजोको बैठकमा के विषयमा छलफल भएको हो भन्ने कुरा पनि गोप्य राखिएको छ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहानै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
हिजो बसेको मन्त्रिपरिषदको बैठक फेरि आज विहान ७ बजे नै बस्ने भएको छ । हिजोको बैठकमा के विषयमा छलफल भएको हो भन्ने कुरा पनि गोप्य राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहानै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार आज अपरान्ह ४ बजे क्याविनेट बैठकलगत्तै
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । आज विहान ७ बजे डाकिएको मन्त्रिपरिषद बैठकमा के विषयमा छलफल होला ? त भनेर सोधिएको प्रश्नमा ती मन्त्रीले आफूलाई पनि जानकारी नभएको सुनाए । तर, प्रधानमन्त्री ओलीले खाना खानेगरि मन्त्रीहरुलाई बोलाएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया