छबि र शिल्पाको विवाद यसरी मिल्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २६, २०७६
|
|
३३ पटक हेरिएको
Shares
छबि र शिल्पाको विवाद यसरी मिल्यो

सारांश

  • अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसा विरुद्ध श्रीमान छबिराज ओझा विरुछ दिएको उजुरी आपसी छलफलबाट समाधान भएको छ ।
  • बिहिबार काठमाडौँ प्रहरी परिसर टेकुमा दुवै पक्षबीच छलफल भएको थियो ।
  • छलफलपछि दुवै पक्ष सहमतिमा पुगेका हुन् ।

अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसा विरुद्ध श्रीमान छबिराज ओझा विरुछ दिएको उजुरी आपसी छलफलबाट समाधान भएको छ । बिहिबार काठमाडौँ प्रहरी परिसर टेकुमा दुवै पक्षबीच छलफल भएको थियो । छलफलपछि दुवै पक्ष सहमतिमा पुगेका हुन् । दुवैले सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

शिल्पाले छबिबाट आफु असुरक्षित रहेको भन्दै शान्ति सुरक्षाको माग राख्दै प्रहरीमा उजुरी दिएकी थिइन् । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुर्याउने भन्दै निर्माता ओझाले लिखित सम्झौता गरेका छन् । छबिले शिल्पासँग माफी समेत मागेका थिए । दुवै पक्ष सहमतिमा आएकाले विवादको अन्त्य भएको प्रहरीले जनाएको छ ।

शिल्पाले छवीसँग डिभोर्सको माग राखेको बताइए पनि प्रहरीसँगको छलफलमा उक्त विषयले प्रवेश पाएन । शिल्पा आमा सहित निर्देशक सम्झना रौनिया उपे्रेती र विकास रौनियारका साथमा टेकु पुगेकी थिइन् । त्यस्तै छबि कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीका साथमा टेकु पुगेका थिए । शिल्पा छबिकी चौथी श्रीमती हुन् ।

सोनाक्षीले खुलाईन् दबंग ३ मा सलमान खानको रोल
सोनाक्षी सिन्हाले एउटा भिडियोमा फिल्म दबंग ३ को बारेमा केही महत्वपुर्ण जानकारी दिएकी छिन् । बलिउड स्टार सलमान खान र सोनाक्षी छिट्टै दबंग ३ मार्फत दशर्कमाझ आउँदैछन् । दबंग ३ को प्रतिक्षामा रहेका उनीहरुका फ्यानलाई लक्षित गर्दै सोनाक्षीले एउटा अन्तरवार्तामा फिल्मको बारेमा केही महत्वपुर्ण कुराहरु सार्वजनिक गरेकी हुन् ।

सोनाक्षीका अनुसार दबंग ३ सिक्वेल नभएर प्रिक्वेल हो जसमा फिल्ममा क्यारेक्टर चुलबुल पाण्डेको कथा फ्ल्यासब्याकमा प्रस्तुत गरिएको छ । फ्ल्यासब्याक स्टोरी भएका कारण फिल्ममा दुवैलाई कम उमेरको क्यारेक्टरमा देख्न सकिन्छ । आफुलाई कम उमेरको देखाउनका लागि अहिले सलमानले जिममा कडा परिश्रमका साथ पसिना बगाइरहेका छन् ।

सलमान र सोनाक्षीको हिट फिल्म दबंगको पहिलो सिरिज २०१० मा सुरु भएको थियो । दबंग ३ लाई प्रभु देवाले निर्देशन गरिरहेका छन् । फिल्ममा यो पटक दक्षिण भारतीय फिलमका सुपरस्टार सुदिप किच्चाले भिलेनको रोलमा अनुबन्धित भएका छन् । यो सिरिजको पहिलो फिल्मलाई अनुराग कश्यपका भाई अभिनव कश्यपले निर्देशन गरेका थिए । २०१२ मा दबंग २ प्रदर्शन भएको थियो ।

नेपालकी चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि
भद्रपुर। भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ को उपाधि जितेकी छिन्। झापा मेचीनगर नगरपालिका–५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन्।

यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ विजेता थापा निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये जेठी सन्तान हुन्। उनले काँकरभिट्टा क्याम्पसमा कक्षा १२ को भर्खरै परीक्षा दिएकी छिन्।

भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो ठूलो सफलता हो । तर, यस विषयमा भारतीय मिडियामा खुबै चर्चा भए पनि नेपाली मिडियामा भने चर्चा हुन बाँकी नै रहेको नेपाल मगर सङ्घ मेचीनगरका अध्यक्ष विकास थापामगरले बताए।

निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार म्युजिक भिडियो र एउटा सर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन्।

यो पनि पढ्नुस्
कारका शौखिन अभिताभ बच्चनसँग छन् यस्ता कार
भारतीय चलचित्रका सुपरस्टार अमिताभ बच्चन लक्जरी कारका शौखिन पनि हुन् । उनीसँग लगभग एक दर्जन लक्जरी कार छन् ।

यी सबै मध्ये उनीसँग भएको रोल्स रोयसलाई विशेष मानिन्छ, किनभने यसलाई निर्देशक विधुविनोद चोपडाले ‘एकलव्य’ चलचित्रमा प्रभावशाली अभिनय गरे वापत दिएका थिए ।

अझै महत्वपुर्ण पक्ष के छ भने उनीसँग सबै गरी ११ लक्जरी कार छन् । अमिताभको जन्म दिन पनि अक्टोवरको ११ तारिखमै हो ।

अमिताभ बच्चनसँग सानदार रोल्स रोयस फ्यान्टम कार छ । जेम्स बन्डले आफनो फिल्ममा पनि यही कार प्रयोग गर्थे । भारतीय बजारमा रोल्स रोयसको मूल्य साढे ३ करोड रुपैयाँ पर्छ । उनीसँग बेन्टलेको कार सिजिटी पनि छ । यसको मूल्य लगभग २ करोड रुपैयाँ पर्छ ।

अमिताभलाई सर्वा्िधक मन पर्ने कार आर आर वोग पनि उनीसँगै छ । यसको मूल्य १ करोड ५ लाख ११ हजार १४ रुपैया भएको बताइएको छ । मर्सि्िडज एस ६०० । यो सानदार कार उनले निकै शौखिन तरिकाले चलाउछन् । यसको मूल्य ६ करोड रुपैयाँ पर्छ ।

उनीसँग मर्सिडिज एस ३५० पनि छ, जसको मूल्य लगभग ९० लाख रुपैयाँ पर्छ । उनीसँग पोर्से क्यामेन र बीएमडब्ल्युको ७६० एलआई पनि छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
दीपकबाहेकको अरु व्यक्तिले आकर्षित नै गरेन!!! बिहे नगर्ने मुडमा दिपाश्री निरौला…
नायव सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर
नायव सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर
Asia markets mixed as Trump-Xi takes centre stage
Asia markets mixed as Trump-Xi takes centre stage
छिमेकी कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ !
छिमेकी कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ !
नेपालबाट प्रशोधित घाँस निर्यात सुरु, पहिलो चरणमा १० वटा ट्रक चीन प्रस्थान
नेपालबाट प्रशोधित घाँस निर्यात सुरु, पहिलो चरणमा १० वटा ट्रक चीन प्रस्थान
जायज मागलाई सम्बोधन नगरी निर्वाचन गए मुलुकमा ठूलो दुर्घटना हुने :सुजाता
जायज मागलाई सम्बोधन नगरी निर्वाचन गए मुलुकमा ठूलो दुर्घटना हुने :सुजाता
भारत चीनबीच तनाव, सीमा क्षेत्रमा फायरिङ
भारत चीनबीच तनाव, सीमा क्षेत्रमा फायरिङ
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
मन्त्रीको जिम्मेवारी परिवर्तन, गृहमा बस्नेत र परराष्ट्रमा कार्की
मन्त्रीको जिम्मेवारी परिवर्तन, गृहमा बस्नेत र परराष्ट्रमा कार्की
मोदी राजकीय भ्रमणमा नेपाल आउने, सगरमाथा संवादमा नआउने
मोदी राजकीय भ्रमणमा नेपाल आउने, सगरमाथा संवादमा नआउने

तपाईंले छुटाउनुभयो कि?