कविर सिंहको २७ दिनको बक्स अफिस कलेक्सन कति ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २, २०७६
|
|
२४ पटक हेरिएको
Shares
कविर सिंहको २७ दिनको बक्स अफिस कलेक्सन कति ?

सारांश

  • बक्स अफिसमा धेरै वटा रेकर्ड तोड्न सफल साहिद कपुर र कियारा आडबाणी अभिनित फिल्म कविर सिंहको रफ्तारमा कमी आएको छ ।
  • कविर सिंहको रफ्तारको कमी हुनुको कारण पछिल्लो शुक्रबार प्रदर्शनमा आएका फिल्महरुलाई मानिएको छ ।
  • तर पनि फिल्म चौथो हप्तामा पनि ठीकैसँग चलिरहेको छ ।

बक्स अफिसमा धेरै वटा रेकर्ड तोड्न सफल साहिद कपुर र कियारा आडबाणी अभिनित फिल्म कविर सिंहको रफ्तारमा कमी आएको छ । कविर सिंहको रफ्तारको कमी हुनुको कारण पछिल्लो शुक्रबार प्रदर्शनमा आएका फिल्महरुलाई मानिएको छ । तर पनि फिल्म चौथो हप्तामा पनि ठीकैसँग चलिरहेको छ । कविर सिंहको अहिलेसम्मको कमाई २६४ करोड भारतीय रुपैयाँ रहेको छ ।

जुलाई १२ प्रदर्शन भएको ऋत्तिक रोशनको फिल्म सुपर ३० कारण कविर सिंहको व्यापार केही खुम्चिएको छ । प्रदर्शन भएको ६ दिनमै ऋतिक अभिनित फिल्म सुपर ३० ले ६५ करोड रुपैयाँको कारोबार गरेको छ । तर जुन २८ मा प्रदर्शन भएको आर्टिकल्स १५ भने कविर सिंहलाई केही असर पुर्याएको थिएन ।

कविर सिंहले गएको शुक्रबार २.५४ करोड, शनिबार ३.७५ करोड, आइतबार ४.०५ करोड, सोमबार १.६५ करोड, मंगलबार १.६० करोड र बुधबार करिब १ करोड रुपैयाँ कमाई गरेको थियो । कबिर सिंह २१ जुनदेखि प्रदर्शनमा आएको थियो । तेलगु हिट फिल्म अर्जुन रेड्डीको रिमेक कविर सिंहलाई शाहिद कपुरको करियरकै सबैभन्दा ब्लकबष्टर फिल्म हो ।

संगीतकार कालीप्रसाद रिजालमाथि गीत चोरीको आरोप, उजुरी पनि
तिम्रो इन्स्टाको फोटो गीतको संगीत कपी गरेपछि आलोचनाको शिकार बनेका गायक तथा संगीतकार कालीप्रसाद रिजालमाथि पूनः संगीत चोरीको आरोप लागेको छ । बाँस्कोटाको शब्द तथा संगीत रहेको तथा नेपाल आइडलका फाइनलिष्ट सुमित पाठकको आवाजमा रहेको गीत ’समाचार’को संगीत चोरी भएको आरोप लगाइएको हो ।

आफ्नो गीत ‘बुजाइदेऊ न तिमी मलाई’को संगीतसँग हुबहु मिलेको भन्दै बिक्की महत बुधबार महानगरीय प्रहरी परिसर पुगेका थिए । परिसरमा प्रहरीलाई जानकारी गराएर उनी प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरीका लागि पुगेका थिए ।

कालीको संगीत रहेको गीत इन्स्टाको फोटो’को संगीत फ्रान्सेली गीतसँग मिलेको थियो । कार्ला ब्रुनीको गीतसँग हुबहु मिलेपछि कालीको आलोचना भएको थियो । आलोचनाको स्तर बढ्दै गएपछि उनले आफु उक्त गीतबाट प्रभावित भएर इन्सटाको फोटो गीत बनाएको स्वीकार गरेका थिए ।

सोपश्चात् उनले आफूलाई उक्त गीत असाध्यै मन पर्ने र सोही गीतबाट प्रभावित भएर ’इन्स्टाको फोटो’ तयार गरेको स्वीकार गरेका थिए।

डान्स इण्डिया डान्सको एक एपिसोडमा करिना कपुरले लिने पारिश्रामिक सुन्दा चकित पर्नु हुन्छ
बलिउड स्टारहरुको ध्यान अहिले सानो पर्दा र डिजिटल मिडियम तिर बढ्दै गइरहेको छ । एकपछि अर्को गर्दै ठूला–ठूला स्टार वेभ सिरिज र टिभी उद्योगमा प्रवेश गरिरहेका छन् । शाहरुख खान, सलमान खान, कियारा आणवाणी, अक्षयकुमार, अनुष्का शर्मा, ऋचा चाड्ढा, नवजुद्दिन सिद्दिकी, मनोज बाजपेयी, हुमा कुरैशी, ज्याक्लिन फर्नाण्डिस् जस्ता स्टाहरुले टिभी कार्यक्रममा इन्ट्री मारिसकेका छन् ।

टिभी कार्यक्रममा शिल्पा सेट्टी, सोनाक्षी सिन्हा, माधुरी दिक्षित, मलाइका अरोरा र अब करिना कपुर पनि जोडिने भएकी छिन् । करिना डान्सिङ रियालिटी सो ‘डान्स इण्डिया डान्स’को सिजन ७ मा निर्णायक बनेकी छिन् । करिना निर्णायक बनसँगै यो सोको चर्चा पनि बढिरहेको छ । स्टाइलिस लुक र मनै लोभ्याउने करिनाको हाउभाउले सबैको मन जितिरहेको छ । यो सोको निर्णायक बनेवापत करिनाले प्रति एपिसोड ३ करोड भारु लिइरहेकी छिन् ।

करिनाले लिएको यो पारिश्रामिकले उनलाई टिभी सोकी सबैभन्दा बढि पे गरिएकी अभिनेत्री बनाएको छ । सोको निर्णायक बाहेक करिना अहिले अंग्रेजी मिडियमको सुटिङमा पनि व्यस्त छिन् । करिना सुटिङमा व्यस्त भएको समय उनको स्थानमा दिदी करिष्मा कपुर निर्णायक बनेर आएकी छिन् । पछिल्लो रिपोर्ट अनुसार अब करिनाको स्थानमा मलाइका अरोरा समेत निर्णायक बनेर डान्स इण्डिया डान्समा जाँदैछिन् ।

प्रभासको ‘साहो’मा ८ मिनेटको दृश्यलाई भारु ७० करोड खर्च
बाहुबली २ पछि अभिनेता प्रभासको अर्को बिग फिल्म साहो अगष्ट १५ मा प्रदर्शन हुँदैछ । पोष्टर र टिजर सार्वजनिक भएपछि अहिले यो फिल्मले माउथ पव्लिसिटी पनि निकै भइरहेको छ । फिल्मको साइको सैया गीतलाई पनि दर्शकले निकै रुचाएका छन् । यसैक्रममा फिल्मका सिनेमेट्रोग्राफर मैडीले गरेको एउटा खुलासाले अहिले सनसनी मच्चाइरहेको छ ।

मैडीका अनुसार फिल्ममा एउटा ८ मिनेटको यस्तो एक्सन दृश्य रहेको छ, त्यसको लागि मात्रै निर्माण पक्षले ७० करोड भारु खर्च गरेको छ । यो वर्षकै बिग इन्टरटेनर फिल्म मानिएको साहोको करिब सवा अर्ब नेपाली रुपैयाँ खर्च गरिएको दृश्यले कतिको दर्शकको मन जित्ला फिल्म प्रदर्शन भएपछि थाहा हुनेछ ।

फिल्ममा निर्देशक सुजितले भारतीय फिल्ममै यस्तो प्रयोग अहिलेसम्म नगरिएको दावी गरेका छन् । भयानक एक्सनका स्टन्टहरुले दर्शकको धड्कन थाम्ने मुस्किल पर्ने निर्माण पक्षको दावी छ ।

रिपोर्टका अनुसार साहोको क्यारेक्टरमा प्रभास अलग अलग रोलमा हुनेछन् । फिल्ममा प्रभास र निल नितिन मुकेशको भूमिका निकै चूनौतिपुर्ण छ । यो फिल्ममा श्रद्धा कपुर प्रहरी अफिसरको भूमिकामा छिन् । साहो अगष्ट १६ मै रिलिज हुने जोन अब्राहमको ‘बाटला हाउस’ र अक्षय कुमारको ‘मिसन मंगल’सँग जुध्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?