तीन सय विद्युतीय बस खरिदकालागि साझा यातायातलाई तीन अर्व
सारांश
- ।
- सरकारले तीन सय वटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्व रुपैयाँ उपलब्ध गराएको छ।
- बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ३ सय वटा विद्युतीय बस खरिद गरी संचालन गर्ने गरी साझा यातायातलाई सो रकम हस्तान्तरण गरिएको औपचारिक जानकारी गराएका हुन्।
। सरकारले तीन सय वटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्व रुपैयाँ उपलब्ध गराएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ३ सय वटा विद्युतीय बस खरिद गरी संचालन गर्ने गरी साझा यातायातलाई सो रकम हस्तान्तरण गरिएको औपचारिक जानकारी गराएका हुन्।
आगामी असोज महिना भित्र काठमाडौंसहित देशका विभिन्न भागमा विद्युतीय बस संचालनमा ल्याउने गरी खरिद गर्न साझा यातायातलाई सो रकम उपलब्ध गराइएको पनि मन्त्री महासेठले बताए। सरकारले चालू आर्थिक वर्ष भित्र यातायात सेवामा सहजता र वातावरण प्रदुषित हुन नदिने उद्देश्यका साथ साझा यातायातमा विद्युतीय बस संचालन गर्ने प्रतिवद्धता जनाएको थियो।
कार्यक्रममा बोल्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सरकारले दिएको सो रकमबाट पारदर्शी ढंगले विद्युतीय बस खरिद गरी संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे। उनले विद्युतीय बसको संचालनबाट नेपालको अर्थतन्त्र र वातावरणमा उल्लेख्य सुधार आउने विश्वास पनि व्यक्त गरे।
सरकारले सवारी साधनबाट वातावरण प्रदुषित हुँदै गएपछि त्यसको विकल्पमा विद्युतीय बस सेवा संचालनमा ल्याउन लागेको हो। मन्त्री महासेठले वातावरणीय सुधारका लागि सरकारले पूराना सवारी साधनहरुको संचालनमा रोक लगाउने तयारी गरिरहेको बताए।
प्रधानमन्त्रीले हटाउनु अघि नै राजिनामा दिने तयारीमा खरेल
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल राजीनामा दिने तयारीमा पुगेका छन् । निगमनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार खरेलले आफूले अब धेरै तनाव झेल्न नसक्ने र छिट्टै राजीनामा दिने मनशाय बनाएका छन् ।
पछिल्लो समय अध्यक्ष खरेलको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीपनि रुष्ट बनेका छन् । प्रधानमन्त्री ओलीले हटाउनुपुर्व नै खरेलले राजीनामा दिन लागेको हुनसक्ने निगमका कर्मचारीको दाबी पनि छ ।
यता, नेपाल एयरलाइन्सको व्यवस्थापन सञ्चालन करारमा दिने तयारी गरिएको छ । निगमको हालको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान सेवा प्रभावकारी बन्न नसकेको भन्दै निगमले व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरिएको हो ।
निगमले विशेषगरी मुख्य तीन विभाग ‘अपरेशन’, ‘इञ्जिनीयरिङ’ र बजार व्यवस्थापनलाई करारमा जानका लागि निगम सञ्चालक समितिले निर्णय गरिसकेको छ । व्यवस्थापन सञ्चालन करारमा दिने निगम व्यवस्थापनबाट निर्णय भई विश्वव्यापी बोलपत्र ‘ग्लोबल टेण्डर’ को प्रक्रिया शुरु भइसकेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी गराएका छन्।
“व्यवस्थापन करारका लागि हामी ग्लोबल टेण्डरमा जान लागेका छौँ, विश्वभरका जुनसुकै कम्पनी पनि आउन सक्छन्, चाहे नेपाली कम्पनी नै किन नहुन् अहिले टेण्डरको कागजात धमाधम बनिरहेको छ”, उनले भने ।
संविधान मान्न तयार भएमात्र हुन्छ विप्लवसँग वार्ताः सरकार
सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले शान्तिपूर्ण राजनीतिमा आउन र संविधान मान्न तयार भए मात्र विप्लवसँग वार्ता गरिने स्पष्ट पारेका छन् । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले शक्ति सञ्चय र आफ्ना कार्यकर्ता छुटाउनका लागि दाउपेचपूर्ण ढंगले गरिने वार्ता सरकारलाई स्वीकार्य नहुने पनि बताए । उनले भने,‘दाउपेच, शक्ति सञ्चय वा प्रचारका लागि वार्ता हुँदैन। पक्राउ परेका मान्छे छाडेर वा मुद्दा फिर्ता लिएर वार्ता गर्ने पक्षमा सरकार छैन,’
उनले सिके राउत जस्तै प्रतिस्पर्धात्मक राजनीतिमा आउने र संविधान मान्ने भए वार्ताका लागि सरकार तयार भएको उल्लेख गरे ।मन्त्री बास्कोटाले भने,‘संंविधान मान्ने र हिंसा छाड्ने हो भने वार्ता गर्न सकिन्छ । अनौपचारिक रुपमा वार्ता भइरहेको छ । वार्ताबाट सरकार टाढा छैन । ०५२ सालदेखि ०६२ सम्म के–के भयोरु के त्यसैको पुनरावृत्ति गर्नेरु कार्यकर्ता छाड्ने र मुद्दा फिर्ता लिने अनि वार्ताबाट भाग्ने प्रवृत्तिसँग सरकार सचेत छ।’
व्यवस्थापन सञ्चालन करारमा दिने बायु सेवा निगमको तयारी
सिबी अधिकारी
काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सञ्चालन करारमा दिने तयारी गरिएको छ ।
निगमको हालको व्यवस्थापन चुस्तदुरुस्त हुन नसक्दा उडान सेवा प्रभावकारी बन्न नसकेको भन्दै निगमले व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई दिने तयारी गरिएको हो ।
निगमले विशेषगरी मुख्य तीन विभाग ‘अपरेशन’, ‘इञ्जिनीयरिङ’ र बजार व्यवस्थापनलाई करारमा जानका लागि निगम सञ्चालक समितिले निर्णय गरिसकेको छ । व्यवस्थापन सञ्चालन करारमा दिने निगम व्यवस्थापनबाट निर्णय भई विश्वव्यापी बोलपत्र ‘ग्लोबल टेण्डर’ को प्रक्रिया शुरु भइसकेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए।
“व्यवस्थापन करारका लागि हामी ग्लोबल टेण्डरमा जान लागेका छौँ, विश्वभरका जुनसुकै कम्पनी पनि आउनसक्छन्, चाहे नेपाली कम्पनी नै किन नहुन् अहिले टेण्डरको कागजात धमाधम बनिरहेको छ”, उनले भने।
व्यवस्थापन करारमा जान व्यवस्थापन समितिले ग्लोबल टेन्डर आह्वानका लागि तयारी गर्न निगमका विज्ञ राजुबहादुर केसीको नेतृत्वमा विभिन्न विभागका प्रमुख रहने गरी सात सदस्यीय समिति गठन गरिएको छ।
जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा
काठमाडौ। न्याय परिषद्को विहीबार बसेको बैठकले जिल्ला अदालत र उच्च अदालतका २३४ न्यायाधीशहरूको सरुवा गरेको छ।
साथै बैठकले विशेष अदालत काठमाडौंको अध्यक्ष तथा सदस्य पदका लागि पनि नाम शिफारिस गरेको छ। बैठकले उच्च अदालत दीपायलका न्ययाधीश शिवराज अधिकारीलाई विशेष अदालतको अध्यक्ष पदका लागि शिफारिस गरेको छ ।
अन्य सदस्यहरूमा कृष्ण गिरी न्ययाधीश उच्च अदालत सुर्खेत, बालेन्द्र रुपाखेती न्यायाधीश उच्च अदालत दीपायल, शान्ति सिंह थापा न्यायाधीश उच्च अदालत सुर्खेत, चन्द्रबहादुर सारु।
न्यायाधीश उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्ज र डा. रविशर्मा अर्याल न्यायाधीश उच्च अदालत विराटनगर, इलामा इजलास, को नाम सिशाफरिस गरेको छ ।
२०७२ भूकम्पपछि अहिलेसम्म कति पराकम्प आए ?
२०७२ सालको महाभूकम्पका कारण देशमा झण्डै नौ हजार मानिसको मृत्यु भयो । २२ हजार घाइते भएको घटना नेपालको इतिहासकै कालो दिन हो । ७.८ म्याग्निट्युडको भूकम्पले देशमा ठूलो जनधनको क्षति पछि पनि ठूला पराकम्पहरु आइरहे । मानिसहरु त्रसित भए । तर, देश विस्तारै सामान्य अवस्थामा फर्कियो ।
भूकम्पको त्रास हराउँदै गयो । देशमा भूकम्पको धक्का महशुश गर्ने क्रम चलिरहेपनि ठूला म्याग्निट्युडको भूकम्पको धक्का पर्न छाडेको छ । स—साना धक्का महशुश भएपनि मानिसहरुले ठूलो भूकम्पले ल्याएको त्रास बिर्सेका छन् ।
महाभूकम्पपछि पनि देशमा भूकम्प र पराकम्प आउने क्रम चलिनै रहेको छ । २०७२ साल अर्थात् सन् २०१५ मा महाभूकम्पपछि भूकम्प र पराकम्प आइनै रहेको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रको तथ्यांक अनुसार सन् २०१५ मा महाभूकम्पपछि कुल चार सय १९ पटक चार रेक्टर स्कलेभन्दा माथिको भूकम्प र पराकम्प आएको थियो ।
सन् २०१५ मा कुल चार सय २६ पटक भूकम्प आएको तथ्यांक छ । त्यसपछि भूकम्प र पराकम्प घट्दै गएको देखिन्छ । सन् २०१६ मा ६५ पटक भूकम्प आयो ।
२०१७ मा घटेर चार म्याग्निट्युडमाथिको भूकम्पको धक्का २७ पटक मात्र महशुश भयो । २०१८ मा २८ पटक भूकम्पको धक्का महशुश भयो ।
यस वर्ष अर्थात् सन् २०१९ मा २६ पटक चार म्याग्निट्युड माथिको भूकम्पको धक्का महशुश गरिएको छ । वर्षको मध्यमात्र भएकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी भूकम्प जाने सम्भावना देखिन्छ ।
महाभूकम्पपछि मध्यपहाडी क्षेत्रमा बढी भूकम्प र पराकम्प गएको देखिन्छ । पछिल्लो वर्षहरुमा पश्चिम नेपालमा पनि भूकम्प जाने क्रम बढिरहेको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार भूकम्पको केन्द्रबिन्दु फरक देखिएको छ । तर, केही जिल्लाहरुमा बढी केन्द्रित रहेर भूकम्प जाने क्रम चलिरहेको छ ।
प्रियंका चोपडा लागिन ३७ वर्ष, आफुभन्दा १० वर्ष कान्छासँग विहे गरेर बनिन उद्धाहरण
बलिउड अभिनेत्री प्रियंका चोपडा निक जोन्ससँग आज आफ्नो ३७ औँ जन्म दिन मनाउँदैछिन् । प्रियंका अभिनेत्रीको रुपमा मात्रै होइन व्यक्तिगत जीवनका कारण पनि उद्धाहरणीय बनेकी छिन् । प्रियंकाको नाम धेरै बलिउड स्टारसँग जोडिएको थियो । उनको सम्बन्धको बारेमा मिडियामा धेरै समाचार तथा गसिप समेत बनेका थिए । तर उनले त्यसमा कुनै प्रतिक्रिया जनाइनन् ।
तर जब उनले आफ्नो विहेको बारेमा खुलासा गरिन्, पुरै बलिउड उद्योग नै चकित बनेको थियो । उनले आफुभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोन्ससँग विहे गर्न लागेको खबर बाहिरिए पछि बलिउड नै तरंगीत बनेको थियो । उनले आफुभन्दा कान्छा निकसँग विहे गरेर केटीले आफुभन्दा बढि उमेरको सँग मात्रै विहे गर्नु पर्छ भन्ने मान्यता तोडेकी छिन् ।
दुवैको विहे भएको ६ महिना बितिसकेको छ । श्रीमान निक र उनको परिवारसँग प्रियंकाको सुमधुर सम्बन्ध रहेको छ । केही दिन अघि मात्रै उनले सासुको फोटो सामाजिक सञ्जालमा राख्दै सासुको जन्म दिनको शुभकामना दिएकी थिइन् । निक र प्रियंकाको जोडीलाई उनका प्रशंसकहरुले पनि मन पराएका छन् । दुवैको भेट एक अमेरिकी टिभी कार्यक्रमको सेटमा भएको थियो । त्यही भेट पछि उनीहरुको सम्बन्ध कस्सिलो बन्दै जाँदा अन्ततः विहेमै परिणत भयो ।
दुबै २०१७ मा एउटा रेड कार्पेटमा सँगै देखा परेका थिए । यतिबेलासम्म उनीहरुको प्रेम गाढा बनिसकेको थियो । उनीहरुको अफेयर्सको विषयलाई लिएर मिडियामा छ्यापछ्याप्ती खबर आउन थाल्यो । त्यसपछि भने उनीहरु सार्वजनिक कार्यक्रममा सँगै देखिएनन् । तर २०१८ मा मेमोरियल डे विकेण्डमा प्रियंका र निकको धेरै निकटको सम्बन्ध झल्काउने फोटो सार्वजनिक भयो ।
यो फोटो सार्वजनिक भएसँगै उनीहरुको सम्बन्धको बारेमा मिडिया पनि दुवै खास सम्बन्धमा रहेको भन्नेमा विश्वस्त बन्यो । प्रियंकाले एउटा अन्तरवार्तामा भनेकी थिइन् उनीहरु दुवै एउटा फिल्मको रेड कार्पेटमा २०१७ मा पहिलो पटक भेटेका थिए । त्यसपछि प्रियंकाले निकलाई आफ्नो घर लगिन् र आमा मधु चोपडासँग पनि भेटाइन् ।
प्रियंकाको भनाई अनुसार उनको ३६ औँ जन्म दिनमा राती १२ बजे ग्रीसमा निकले घुँडा टेक्दै भने ‘के म तिमीलाई यो रिङ लगाइदिन सक्छु ?’ निकको यस्तो प्रस्ताव आउने बित्तिकै प्रियंकाले हुन्छ भन्ने जवाफ दिएपछि दुवै भारत आए र इन्गेजमेन्ट गरे । प्रियंकाले इन्गेजमेन्टको फोटो सोसियल साइटमा राख्दै लेखिन् ‘यो देसी गर्लको मुटु यो विदेसी केटोले चोर्यो’
त्यसपछि दुवैले आफ्नो रिलेसनलाई विहेमा परिणत गरे । गएको डिसेम्बर १ मा इशाई र डिसेम्बर २ मा हिन्दु संस्कार अनुसार प्रियंका र निकको विहे भयो ।
प्रतिक्रिया