प्रेम कथामा फिल्म बनाउँदै नीता ढुङ्गाना

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १२, २०७६
|
|
२९ पटक हेरिएको
Shares
प्रेम कथामा फिल्म बनाउँदै नीता ढुङ्गाना

सारांश

  • काठमाडौँ ।
  • नायिका नीता ढुङ्गानाको निर्माणमा बन्न लागेको फिल्ममा गायक तथा नायक कोशिस क्षेत्री फाइनल भएका छन् ।
  • खबर अनुसार नीता फिल्म प्रोडक्सन हाउस र नायक कोशिस क्षेत्रीबिच सम्झौता भइसकेको छ ।

काठमाडौँ । नायिका नीता ढुङ्गानाको निर्माणमा बन्न लागेको फिल्ममा गायक तथा नायक कोशिस क्षेत्री फाइनल भएका छन् ।खबर अनुसार नीता फिल्म प्रोडक्सन हाउस र नायक कोशिस क्षेत्रीबिच सम्झौता भइसकेको छ । फिल्ममा कोशिस र नीता मुख्य भुमिकामा रहनेछन् । फिल्मलाई समुन्द्र भट्टले निर्देशन गर्दैछन् ।फिल्मको मुख्य लिड कलाकार फाइनल भए पनि अन्य कलाकार फाइनल भएका छैनन् । यद्यपी फिल्मका लागि कलाकार सुनिल थापा, विशाल पहाडी लगायतसंग कुरा भइरहेको बुझिएको छ ।

पूर्णतया प्रेम कथा समेटिने फिल्मको नाम भने जुराइएको छैन । फिल्मको वर्किङ टाइटल ‘माया’ राखिएको छ ।फिल्म ‘मःम हन्टिङ्’ कलाकारको समय नमिलेर आगामी जेठबाट मात्र छायांकनमा जाने भएपछी त्यस बिचमा यो फिल्म गर्न लागेको नीताले बताइन् । फिल्मको कथा कोशिस आफ्नै हो । यतिबेला कोशिस स्कृप्टलाई अन्तिम रुप दिँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?