भारतीय विदेशमन्त्री जयशंकर अगष्टमा नेपाल आउँदै
सारांश
- भारतीय विदेशमन्त्री डा.
- सुव्रमण्यम जयशंकर यही अगष्टको २४ वा २५ तारिखमा नेपाल भ्रमणमा आउने भएका छन् ।
- भारतीय उच्च स्रोतले दिएको जानकारीअनुसार विदेशमन्त्री जयशंकरले नेपाल भ्रमणको गृहकार्य थालिसकेका छन् ।
भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर यही अगष्टको २४ वा २५ तारिखमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय उच्च स्रोतले दिएको जानकारीअनुसार विदेशमन्त्री जयशंकरले नेपाल भ्रमणको गृहकार्य थालिसकेका छन् । उनले आफ्नो पहिलो विदेश भ्रमण भुटानबाट सुरु गरेका थिए ।
उनको नेपाल भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै विदेशमन्त्री जयशंकरलाई नेपाल पठाउन लागेका हुन् । नेपाल मामिलाका जानकारसमेत रहेका जयंशकर नेपाली राजनीतिमा अत्यन्तै चर्चित नाम हो ।
भुटान भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले भुटानी प्रधानमन्त्री लोटे छिरिङ र भुटानी समकक्षी टेन्डी दोर्जेसँग भेटवार्ता गरेका थिए । मोदीको ५९ सदस्यीय मन्त्रिपरिषद्मा उनी गैरराजनीतिक पृष्ठभूमिबाट मन्त्री बनेका हुन् ।
प्रतिक्रिया