अमेरिकामा अन्धाधुन्दा गोली चलाउँदा २० को मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
अमेरिकामा अन्धाधुन्दा गोली चलाउँदा २० को मृत्यु

सारांश

  • अमेरिकामा बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउँदा २० जनाको मृत्यु भएको छ ।
  • टेक्सास राज्यको यस पासोमा २१ वर्षीय युवकले अन्धाधुन्दा गोली चलाएका थिए ।
  • १९ साउनको स्थानीइ समको १० बजे भएको घटनामा २० जनाको मृत्यु हुनाको साथै २४ जना घाइते भएको टेक्सास गभर्नरले जानकारी दिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिकामा बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउँदा २० जनाको मृत्यु भएको छ । टेक्सास राज्यको यस पासोमा २१ वर्षीय युवकले अन्धाधुन्दा गोली चलाएका थिए । १९ साउनको स्थानीइ समको १० बजे भएको घटनामा २० जनाको मृत्यु हुनाको साथै २४ जना घाइते भएको टेक्सास गभर्नरले जानकारी दिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिका र टेक्ससको सीमा नजिकै एउटा स्टोरमा घटना भएको थियो । बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बन्दुकधारी डल्लास निवासी प्याट्रिक क्रुसिअस भएको अमेरिकी मिडियाले बताइरहेका छन् ।

अमेरिकी टेलिभिजनहरुले सीसीटीभी फुटेज देखाउँदै एकजना बन्दुकधारीले अत्याधुनिक हतियार बोकेको देखाइरहेका छन् । घटनामा धेरैजसो कामदार परेको बताइएको छ । अमेरिकामा पछिल्लो समय बन्दुकधारीहरुको आक्रमण बढेर गएको छ ।

जापानमा १०० जना मृत्युदण्ड पर्खदै
जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ । यस वर्ष पहिलो पटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत वर्ष सन् २०१८ मा विभिन्न किसिमका गम्भीर अपराधमा दोषी ठहर भएका १५ जनालाई मृत्युदण्ड दिइएको थियो ।

जापानमा अझै पनि १०० जना मृत्युदण्डको पखाईमा रहेका छन् । विश्वका मानव अधिकारवादी व्यक्ति एवं संस्थाहरु समेतका अन्तराष्ट्रिय जगतबाट जापानको उक्त कदमको विरोध भएपनि जापानभित्रै मृत्युदण्डको सजायप्रति समर्थन जनाउनेको संख्या ठूलो रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

जापानका कानुनमन्त्री टाकासी यामाशिताले निकै सोचविचार र अध्ययनपश्चात् मृत्युदण्ड दिने विषयमा आफूले आदेश दिएको सञ्चार माध्ययमलाई जानकारी गराएका छन । मृत्युदण्ड दिइएकाहरुमा ६४ वर्षीय कोइची शोजी र ५० वर्षीय यासुनोरी सुजुकी रहेका छन् । शोजीमाथि सन् २००१ मा दुई महिलाको हत्या गरेको तथा सुजुकीमाथि सन् २००४ मा तीन महिलाको हत्यामा दोषी प्रमाणित भएको थियो ।

जापानमा सन् १९९८ देखि मृत्युदण्डको सजायलाई गोप्य नराखी सार्वजनिक जानकारीमै ल्याएर मृत्युदण्ड दिन थालिएको थियो । सन् २०१८ मा पनि १५ जनालाई मृत्युदण्ड दिइएको थियो जसमा सन् १९९५ मा टोकियोमा सरिन ग्यास आक्रमणका दोषी १३ जना पनि रहेका थिए ।

गत वर्ष सन् २०१८ को जुलाईमा ओम शिनरिक्यो सम्प्रदायका पूर्व गुरु शोको आशाहारा समेतलाई मृत्युदण्ड दिइएको थियो । एजेन्सी

चीन र उत्तर कोरियालाई लक्षित गर्दै एसियामा क्षेप्यास्त्र राख्दै अमेरिका
अमेरिकी रक्षामन्त्री मार्क एस्परले एसियामा मध्यम दूरीका मार हान्ने क्षेप्यास्त्र छिट्टै तैनाथ गर्न चाहेको बताएका छन्। चिनियाँ र उत्तर कोरियाली दबदबा घटाउन यस्तो कदम चाल्नुपरेको अमेरिकी भनाइ छ। रक्षामन्त्री एस्परले एसियामा पारम्परिक हतियार हटाएर मध्यम स्तरमा मार हान्ने क्षेप्यास्त्र तैनाथ गर्न सहज भएको पनि खुलासा गरे।

अमेरिका ‘इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेस’ (आईएनएफ) सन्धिबाट बाहिरिसकेको पनि उनले स्पष्ट पारे। उनले भने, ‘हजुर, म थप शक्तिशाली क्षेप्यास्त्र तैनाथ गर्न चाहन्छु।’ उनले सकेसम्म यसै महिना नभए अर्को महिनासम्म क्षेप्यास्त्र तैनाथ गरिसक्ने प्रतिबद्धता व्यक्त गरे। उनले यी क्षेप्यास्त्र तैनाथ गर्ने स्थानका बारेमा थप जानकारी दिएनन्।

अमेरिकी योजनाबाट चीन चिन्तित हुनुपर्ने कुरा नभएको पनि एस्परले बताए। उनले भने, ‘यसबाट हैरान हुनुपर्ने कुनै आवश्यकता छैन। यसबारे आफ्ना धारणा केही महिनादेखि सार्वजनिक गर्दै आएका छौं।’ चीनले विकास गरेका ८० प्रतिशत क्षेप्यास्त्र मध्यम स्तरका भएको पनि उनले बताए।

अमेरिका शुक्रबार आईएनएफ सन्धिबाट पछि हटेको थियो। उक्त सन्धि रूसले नमानेको आरोप अमेरिकाको छ। उक्त सन्धिलाई लिएर अमेरिका र रूसबीच विवाद छ। सन् १९८७ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगन र सोभियत संघका नेता मिखाइल गोर्बाचोभबीच उक्त सन्धि भएको थियो।

सन्धिबाट फिर्ता भएपछि मध्यम स्तरका क्षेप्यास्त्र प्रयोग गर्न अमेरिका स्वतन्त्र भएको छ। हाल चीनसँग भएका अधिकांश हतियार मध्यम स्तरका मार हान्ने क्षमताका क्षेप्यास्त्र छन्। आईएनएफ सन्धिमा हस्ताक्षर नगरेकाले चीनले यस्ता क्षेप्यास्त्र विकास गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसरी यी ६ वर्षीय बालकले कमाउछन बर्षमा  १ अर्ब १२ करोडभन्दा धेरै ?
कसरी यी ६ वर्षीय बालकले कमाउछन बर्षमा १ अर्ब १२ करोडभन्दा धेरै ?
लेखनाथमा दिनहुँ जसो सहकारीमा चोरी, बाणिज्य संघको ध्यानाकर्षण,
लेखनाथमा दिनहुँ जसो सहकारीमा चोरी, बाणिज्य संघको ध्यानाकर्षण,
‘सरकारी संचार माध्यमले सरकारको प्रशस्ती गाईरहन पर्दैन्’
‘सरकारी संचार माध्यमले सरकारको प्रशस्ती गाईरहन पर्दैन्’
इलेक्सन क्विजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण
इलेक्सन क्विजबारे प्रश्न उठेपछि आयोगले दियो स्पष्टीकरण
डेब्यु खेलमै लुकाकुको गोल, इन्टर मिलानको सुखद सुरुवात
डेब्यु खेलमै लुकाकुको गोल, इन्टर मिलानको सुखद सुरुवात
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
Wine Shop Owner Shot Dead, Looted in Mumbai: Spreads Fear in the Community
Wine Shop Owner Shot Dead, Looted in Mumbai: Spreads Fear in the Community
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का
भुकम्पमा परी ८ काे मृत्यु, दर्जनौं बेपत्ता !
भुकम्पमा परी ८ काे मृत्यु, दर्जनौं बेपत्ता !
विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले भाग नलिने
विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले भाग नलिने