काजल अग्रवाललाई भेट्न खोज्दा ६० लाख स्वाहा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
१९ पटक हेरिएको
Shares
काजल अग्रवाललाई भेट्न खोज्दा ६० लाख स्वाहा

सारांश

  • मुम्बई।
  • आफ्ना प्रिय कलाकारप्रति फ्यानको पागलपनको सीमा कतिसम्म हुन्छ, यस्सै एकिन गर्न सकिन्न।
  • उनीहरू आफ्ना प्रिय कलाकारका लागि केके गर्छन्(गर्छन्रु बेलाबेलामा थरिथरीका फ्यानहरूका अचम्मका किस्सा सार्वजनिक हुने गर्छन्।

मुम्बई। आफ्ना प्रिय कलाकारप्रति फ्यानको पागलपनको सीमा कतिसम्म हुन्छ, यस्सै एकिन गर्न सकिन्न। उनीहरू आफ्ना प्रिय कलाकारका लागि केके गर्छन्(गर्छन्रु बेलाबेलामा थरिथरीका फ्यानहरूका अचम्मका किस्सा सार्वजनिक हुने गर्छन्। फेरि एउटा किस्सा सार्वजनिक भएको छ।भारतीय अभिनेत्री काजल अग्रवाललाई भेट्ने लालसामा एक फ्यानले ६० लाख भारू गुमाएका छन्। भारतको रामानाथपुरम निवासी एक प्रशंसक काजललाई भेट्न चाहन्थे। उनको यही कमजोरी टेकेर उनीबाट ६० लाख रूपैयाँ एउटा ठगहरूको समूहले चट्काइदियो। सर्च गर्दा यी फ्यानले इन्टरनेटमा काजललाई मिलाइदिने दाबी गर्ने एक वेबसाइट भेटे। उनले यसलाई सत्य ठाने तर यो साइट ठग्नका लागि बनाइएको थियो। उनी यहि ठगीधन्दाको सिकार भए।

यस साइटवालाले सुरूमा काजल भेटाउन ५० हजार मागे। त्यसपछि काजललाई भेट्ने अवसर बढेको भन्दै थप रकम माग्दै गए। जब पैसाको मात्रा बढ्दै गयो तब यसरी पैसा दिने व्यक्तिलाई सो समूहप्रति शंका बढ्यो। उनले त्यसको विरोध गरे। जवाफमा उनीहरूले ती फ्यानको अन्तरंग तस्वीर सार्वजनिक गरिदिने धम्की दिए र उनीबाट थप पैसा असुले।हाल ती फ्यान पुलिसकोमा पुगिसकेका छन्। पुलिसमा उनले किस्ताकिस्ता गरेर सो समूहलाई ६० लाख भारू बुझाएको उल्लेख गरेका छन्। प्रहरीले घटनामा जाँच गर्दै संलग्नहरूलाई पक्राउ गर्न सुरू गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?