विश्वका शक्तिशालीलाई हल्लाउने यौनकाण्डकामा संलग्न अर्बपतिको रहष्यमयी मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
विश्वका शक्तिशालीलाई हल्लाउने यौनकाण्डकामा संलग्न अर्बपतिको रहष्यमयी मृत्यु

सारांश

  • अमेरिकाको जेलमा एक अरबपतिको रहस्यमय मृत्यु भएको छ ।
  • यौन दुराचारी र कम उमेरका महिलालाई यौन सम्पर्कका लागि वाध्य पारेको अभियोग लागेका संभ्रान्त जेफ्री इप्स्टिेन हुन् ।
  • उनी विश्वका अरबपतिहरुको सूचीमा फोब्र्स म्यागाजिनमा समेत उल्लेखित छन् ।

अमेरिकाको जेलमा एक अरबपतिको रहस्यमय मृत्यु भएको छ । यौन दुराचारी र कम उमेरका महिलालाई यौन सम्पर्कका लागि वाध्य पारेको अभियोग लागेका संभ्रान्त जेफ्री इप्स्टिेन हुन् । उनी विश्वका अरबपतिहरुको सूचीमा फोब्र्स म्यागाजिनमा समेत उल्लेखित छन् ।

जेफ्री इप्स्टिेनको संगठन भीभीआइपीहरुसँग रहेको तथ्य बाहिर आएको छ । उनको सम्बन्ध अमेरिकी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प देखि पूर्व राष्ट्रपति बिल क्लिन्टनसँग समेत छ । बाह्य दुनियाँमा समेत उनको भीआइपीसँग सम्बन्ध थियो । अहिले ती नामहरु विवादमा पर्ने देखिदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् १९९७ मा इप्स्टिेनको निजी जेटमा बसेको विषय खुलेको छ । अदालतले यो विषय खुलाइनसकेपनि घटना बाहिर आएको छ । यसबारे ट्रम्पले कुनै प्रतिक्रिया दिएका छैनन् । उनी इप्स्टिेनको जेटमा बसेर कहाँ गएका थिए भन्ने विषय रहस्यमय बनेको छ ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इप्स्टिेनको निजी टापुमा पुगेको विषय बाहिर आएको छ । इप्स्टिेनले भीआइपीसँग यौन सम्पर्कका लागि प्रयोग गरिएकी भर्जिनिया गिउफ्रीले क्लिन्टन बेलुकीको खाना खाने गरी टापुमा पुगेको खुलाएकी छिन् । तर, ट्रम्पले यसलाई अस्वीकार गरेका छन् ।

यौन दुराचारको अभियोग लागेका जेफ्री इप्स्टिेनले आफूले मात्र नभई भीआइपीका लागि समेत कम उमेरका केटीहरुलाई यौन सम्बन्ध राख्न लगाउँथे । दर्जनौं महिलाले त्यससम्बन्धी अभियोग लगाएका छन् । त्यसमध्ये एक गिउफ्री पनि हुन् । उनले इप्स्टिेनले प्रतिष्ठित मानिसहरुसँग यौन सम्पर्क गर्न लगाएको अभियोग लगाएकी छिन् ।

भर्जिनिया गिउफ्रीले खुलासा गरेको नामहरुमा अधिराजकुमार आन्ड्रीउ पनि परेका छन् । बेलायती राजपरिवारका सदस्य उनी रानी एलिजावेथका छोरा तथा राजकुमार चाल्र्सका भाई हुन् । सन् २००१ मा राजकुमार आन्ड्रीउसँग यौन सम्बन्ध राख्न इप्स्टिेनले पठाएको गिउफ्रीको दाबी छ ।

भर्जिनिया गिउफ्रीले इप्स्टिेनका सहयोगी घिसलेन म्याक्सवेलमाथि मुद्दा दायर गरिसकेकी छिन् । यौन दुराचारीको सञ्जालमा परेकी उनलाई म्याक्सवेलले यौन सम्पर्क गर्न वाध्य पारेका नामहरुमा चर्चित नामहरु परेपछि सनसनी मच्चिएको छ । कतिपय नामहरु अदालतले खुलाएको छैन । तर, १० अगष्टमा कतिपय नाम बाहिर आएका छन् । ती नामहरुमा राजकुमार आन्ड्रीउ, पूर्व न्यु मेक्सिकन गभर्नर विल रिचार्डसन, अरबपति ग्लेन डुबिन, मोडलिङ एजेन्ट जिन लुई ब्रनिल, पूर्व अमेरिकी सिनेटर जर्ज मिचेल, वैज्ञानिक मार्भिन मिन्स्काई छन् ।

आरोप लागेकामध्ये कतिपयले अस्वीकार गरिसकेका छन् । तर, गिउफ्रीले आफूसँग प्रमाण रहेको दाबी गरेकी छिन् । १५ वर्षीया एक स्वीडीस केटीले आफूलाई इप्स्टिेनले व्यक्तिगत टापुमा लगी जर्बजस्ती करणी गरेको अभियोग लगाएकी छिन् । उनको घरमा सयौं केटीहरु पुग्ने गरेको तथ्य समेत खुलेको छ ।

रहस्यमय मृत्यु
कम उमेरका किशोरीहरुसँग यौन सम्पर्क गरेको र महिला बेचबिखनको सञ्जाल संचालन गरेको अभियोग लागेका अरबपति जेफ्री इप्स्टिेनको शव मृत अवस्थामा अमेरिकाको जेलमा भेटिएको हो । न्युयोर्क्स्थित उनलाई राखिएको सुधारगृहमा १० अगष्टको विहान मृत भेटिएका थिए । घटना आत्महत्या भएको हुनसक्ने बताइए पनि रहस्यमय बन्दै गएको छ ।

झुण्डिएको अवस्थामा फेला परेका ६६ वर्षीय इप्स्टिेनलाई अस्पताल लगिएको थियो । त्यहाँ उनलाई मृत घोषित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि अदालती कारबाही अगाडि बढिरहेको थियो । उनको मृत्युबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

ठुलाबडाका लागि केटी व्यवस्था गर्थे इप्स्टिेन
इप्स्टिेनलाई किशोरीहरुसँग यौन सम्पर्क गर्ने लत लागेको थियो । केही त मात्र १४ वर्षका हुन्थे । कमभन्दा कम उमेरका किशोरी उनको माग हुन्थ्यो । जसका लागि उनी ठूलो धनराशी खर्चन तयार हुन्थे ।

आफ्ना सहयोगीहरुलाई यौन सम्पर्कका लागि किशोरीहरु तयार गर्न लगाउँथे । पैसा र मस्तीमा उनको ध्यान केन्द्रित थियो । अमेरिकी अर्बपति जेफ्रि इप्स्टिेनको जीवनशैली हो यो । उनले जीवनमा धेरै मस्ती गरे । मोटो रकम खर्चेर भएपनि फेरि फेरि महिलासँग यौन सम्पर्क गर्दै यौनको मृगतृष्णामा भौतारिए ।

जुन किशोरी उनीसँग यौन सम्पर्क गर्न पुग्थे उनीहरुलाई भनेर अरु केटी तयार गर्न लगाउँथे । पैसाले पैसा तान्दै गर्दा किशोरीमार्फत् किशोरी नै तान्थे ।

एकैपल्ट एकभन्दा बढी किशोरीसँग यौन सम्पर्क गर्थे । हात र सेक्सटोयमार्फत् समेत गुप्तांग चलाउँथे । उनी अनेक तरिकाले यौनको आनन्द लिन खोज्थे । पैसा र शक्तिको दुरुपयोग गरिरहे ।

किशोरीहरुलाई मसाज गर्न लगाउँथे । नयाँ नयाँ किशोरीसँग सम्पर्क गर्ने लत बसिसकेको थियो उनमा । निजी विमानमा यात्रा गर्ने उनले विभिन्न सम्पर्क सूत्रका माध्यमले कम उमेरका केटीहरुलाई आफ्नो विशेष ठाउँमा भेट्थे । उनी यात्राका क्रममा अमेरिकाको विभिन्न प्रान्तमा किशोरीहरुको व्यवस्था गर्न लगाउँथे ।

अमेरिकी अर्बपतिहरुमाझ जेफ्री राम्री युवतीहरुसँग हिमचिम गर्न रुचाउने व्यवसायीका रुपमा परिचित थिए । डोनाल्ड ट्रम्पका समेत नजिकको सम्बन्ध रहेका उनीबारे ट्रम्पले सुन्दर युवतीहरु मन पराउने व्यक्ति भनेका छन् । ट्रम्पले जेफ्रीले जीवनमा निकै मस्ती गरेको बताएका थिए । बिल क्लिन्टनसँग पनि उनको निकट सम्बन्ध छ ।

दर्जनौं कम उमेरका केटीहरुलाई यौन दुव्र्यवहार गरेको अभियोगमा जेफ्रीमाथि कारबाही बढाइएको थियो । उनलाई न्युयोर्क प्रहरीले पक्राउ गरेको थियो। कलिला केटीहरुसँग यौन सम्पर्क गरेको, महिलालाई यौनका लागि तस्करी गरेकोलगायतको अभियोगमा पक्राउ गरिएको थियो । विगतमा महिलामाथि यौनहिंसाको अभियोगमा जेल सजाय भोगिसकेका जेफ्रीलाई गम्भीर अभियोग लागेको थियो ।

अर्बपति इप्स्टिेनमाथि यौनसम्बन्धि रिङ चलाएको अभियोग लागेको थियो । त्यही रिङमार्फत् किशोरीहरु भेट्थे । उनले किशोरी भनेको समयमा पाइहाल्ने अवस्था बनाएका थिए । न्युयोर्कको मानहट्टनमा रहेको महलमा छानी छानी किशोरी लान्थे । सबै कर्तुतहरु बाहिर आएको थियो । दर्जनौं कम उमेरका किशोरीले उनीविरुद्ध उजूरी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
प्रचण्डलाई भेटेर वर्षमानले भने,‘प्रधानमन्त्रिले यस्तैगरि पेल्दै जाने हो भने हामी काम गर्न सक्दैनौं,
कतै असिनापानी, कतै हावा मात्रै किन ?
कतै असिनापानी, कतै हावा मात्रै किन ?
ओली–प्रचण्डले थाले आन्तरिक गृहकार्य, के हुँदैछ भोलि चमत्कार ?
ओली–प्रचण्डले थाले आन्तरिक गृहकार्य, के हुँदैछ भोलि चमत्कार ?
‘राष्ट्रिय सहिद’ मुकेश को हुन् ?
‘राष्ट्रिय सहिद’ मुकेश को हुन् ?
भत्ता सहित सित्तैमा बाख्रापालन तालिम पाइन्छ तर  ठगहरुबाट भने बच्नुस्
भत्ता सहित सित्तैमा बाख्रापालन तालिम पाइन्छ तर ठगहरुबाट भने बच्नुस्
मौद्रिक नीतिले निजी क्षेत्रलाई उकास्न सकेन
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी
माओवादी आफ्नै तागतमा पहिलो शक्ति बन्ने प्रचण्डको दावी
सेलिब्रेटि मेनेजमेन्ट नेपालले कलाकारको प्रमोशन एवम् व्यवस्थापन गर्ने
सेलिब्रेटि मेनेजमेन्ट नेपालले कलाकारको प्रमोशन एवम् व्यवस्थापन गर्ने
नर्भिक इन्टरनेशनल हस्पिटलले मुटुरोगीहरुका लागि बिशेष कार्यक्रम गर्ने
नर्भिक इन्टरनेशनल हस्पिटलले मुटुरोगीहरुका लागि बिशेष कार्यक्रम गर्ने
‘कोभिड–१९’ प्रभावः श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन
‘कोभिड–१९’ प्रभावः श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन

तपाईंले छुटाउनुभयो कि?