प्रदेश २ सरकारले दियो बकर इदमा सार्वजनिक विदा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २६, २०७६
|
|
१९ पटक हेरिएको
Shares
प्रदेश २ सरकारले दियो बकर इदमा सार्वजनिक विदा

सारांश

  • काठमाडौं।
  • प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिएको छ ।
  • बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो।

काठमाडौं। प्रदेश २ सरकारले सोमबार सार्वजनिक विदा दिएको छ । बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन्।

तर, प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको भएपनि केन्द्र सरकारले भने अहिलेसम्म विदासम्बन्धी निर्णय गरिसकेको छैन।

इस्लाम धर्मावलम्बीको महान् चाड बकरिद (ईदुजोहा) सोमबार मनाइने भएको छ । बकरिद रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजानको ७०औँ दिनमा मनाइने यो पर्वमा आर्थिक रूपमा सत्रबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन्। यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमान समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई ९कुर्बानी० बलि दिने गर्दछन्।

बलि दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ । भोलि सोमबार यो पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारी गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?