पुडासैनी मृत्यु प्रकरण : सीडीओबाट आयो यस्तो आदेश
सारांश
- काठमाडौं ।
- पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेको समर्थनमा रिहाईको माग गर्दै आउनेलाई जिल्ला प्रशासन कार्यालय चितवनले ५ जनाभन्दा बढिको समूह भएर नबस्न आग्रह गरेको छ ।
- प्रहरीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग पत्र दर्ता गरेको थियो ।
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेको समर्थनमा रिहाईको माग गर्दै आउनेलाई जिल्ला प्रशासन कार्यालय चितवनले ५ जनाभन्दा बढिको समूह भएर नबस्न आग्रह गरेको छ ।
प्रहरीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग पत्र दर्ता गरेको थियो ।
अभियोगपत्र दायर गरेसँगै भदौ ९ गते उक्त स्थानमा लामिछानेको समर्थकले नारबाजी गर्दै हुलदंगा वा अशान्ति निम्त्याउने कुरालाई मनन गर्दै सीडीओ कार्यालयले यस्तो विज्ञप्ति जारी गरेको जनाएको छ ।
अनुसन्धानका क्रममा सो घटनामा रविसहित ३ जनाले आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको छ ।
प्रहरीले लामिछानेसहित तीन जनालाई पक्राउपछि दोस्रो पटक माग गरेको समय शनिबार (आज) सकिएको थियो ।
सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेसँगै अभियुक्तलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा आदेश आउने छ । यद्यपि बहस केही दिन लम्बिन सक्नेछ ।
लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो । उनीहरु पक्राउसँगै समर्थकले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ प्रदर्शन गरिरहेका छन् ।
मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ । आत्महत्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया