आत्महत्या दुरुत्साहनः अबको सम्भावना पुर्पक्षका लागि थुना वा रिहा

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ९, २०७६
|
|
१९ पटक हेरिएको
Shares
आत्महत्या दुरुत्साहनः अबको सम्भावना पुर्पक्षका लागि थुना वा रिहा

सारांश

  • चितवन ।
  • पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध चितवन जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ।
  •  जिल्ला सरकारी वकिल कार्यालयले आइतबार कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कँडेल र पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्की्विरुद्ध अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको हो।

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध चितवन जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले आइतबार कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कँडेल र पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्की्विरुद्ध अदालतमा

आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको हो। जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार मुलुकी अपराधसंहिताको दफा १८५ बमोजिम तीनै जनालाई सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता भएको हो। यसअघि तीनै जनालाई दुईपटक अदालतबाट म्याद थप गरेर जिल्ला प्रहरी कार्यालयले घटनाका बारेमा अनुसन्धान गरेका थियो।

अदालतले गत मंगलबार आत्महत्या प्रकरणमा मुछिएका तीनै जनालाई दोस्रोपटक म्याद थप गरेर हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। त्यसअघि, साउन ३१ गते अदालतले कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कँडेल र पुडासैनीकी प्रेमिका भनिएकी कार्कीलाई पहिलोपटक पाँच दिन हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन अनुमति दिएको थियो ।

उनीहरू तीनै जनालाई चितवन प्रहरीले काठमाडौं प्रहरी परिसरसँगको समन्वयमा साउन ३० काठमाडौंका फरकफरक स्थानबाट नियन्त्रणमा लिएको थियो । साउन २२ गते चितवनको नारायणगढस्थित बसपार्कमा रहेको ‘कंगारु होटल’ मा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेका थिए ।

आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गरेको भनिएको भिडियोमा लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको बयान गरेका छन् । भिडियोमा पक्राउ परेका कँडेल र कार्कीको नाम पनि मुछिएको छ । यसैबीच, चितवन जिल्ला अदालतले मुद्दा दर्ता भएसँगै आइतबारै अभियुक्तहरूको थुनछेक बयान लिन सुरु गरेको छ ।

अदालतका अनुसार आइतबार अस्मिताको बयान सकिएको छ। सोमबार बिहान १० बजे न्यायाधीश हेमन्त रावलकै इजलासमा लामिछाने र कँडेलको बयानपछि थुनछेक बहस सुरु हुनेछ । कार्यालय समय सकिएकाले प्रस्तोता लामिछानेसहित तीनै जना प्रतिवादीलाई प्रहरीकै जिम्मा लगाइएको छ । बयानका आधारमा उनीहरूलाई थुनामा राख्ने, धरौटीमा वा साधारण तारेखमा छोड्ने

निर्णय जिल्ला अदालतबाट हुनेछ । आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । गत वर्ष भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐनमा आत्महत्या गर्न बाध्य पार्नेलाई सजायको व्यवस्था गरिएको छ ।

रविको समर्थनमा चितवनमा प्रदर्शन जारी छ । रविलाई आइतबार पनि थुनामा पठाइएपछि जिल्ला प्रहरी कार्यालय नजिकै उनका समर्थकहरूले रिहाइको माग गर्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनकारीको भिड नियन्त्रण गर्न प्रहरी लाठी र अश्रुग्यास प्रहार गरेको थियो । शनिबार राजाधानी काठमाडौंमा पनि उनको पक्षमा प्रदर्शन र भाषण भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
डोटीको दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउन शीर्ष नेतालाई ज्ञापन
डोटीको दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउन शीर्ष नेतालाई ज्ञापन
अब बाइक छोडनुस गाडी चढ्नुस !!!
अब बाइक छोडनुस गाडी चढ्नुस !!!
डेटिङ एप्समा प्रियंका चोपडाकाे लगानी !
डेटिङ एप्समा प्रियंका चोपडाकाे लगानी !
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
चीनको द्रूत आर्थिक विकास नेपालका लागि प्रेरणा : प्रचण्ड
११ उपमहानगरमध्ये ६ वटाको नतिजा आयो, कसले कहाँ जित्यो
एमडीएमएसका लागि त्रिविले तोक्यो नयाँ शुल्क, अब २२ लाखमा पढाइ हुने
एमडीएमएसका लागि त्रिविले तोक्यो नयाँ शुल्क, अब २२ लाखमा पढाइ हुने
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
बालुवाटारमा प्रचण्डको ‘ब्रिफिङ’ लगत्तै वामदेवद्वारा ६ बुँदे प्रस्तावको व्याख्या
प्रचण्डले जनार्दन र बिष्णुलाई खुमलटार बोलाएर केपी ओलीलाई पठाए यस्तो खबर
प्रचण्डले जनार्दन र बिष्णुलाई खुमलटार बोलाएर केपी ओलीलाई पठाए यस्तो खबर
मेक्सिको सीमानामा अमेरिकी पर्खाल बन्ने पक्का
मेक्सिको सीमानामा अमेरिकी पर्खाल बन्ने पक्का

तपाईंले छुटाउनुभयो कि?