आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
आज कुशे औंशी तथा बुबाको मुख हेर्ने दिन

सारांश

  • देव तथा पितृकार्यमा प्रयोग गरिने कुश आज घर(घरमा भित्र्याइदै छ ।
  • आज भाद्र कृष्ण औशीका दिन कुशे औशी पर्व मनाइन्छ ।
  • यस दिनमा विकिपूर्वक कुश काट्ने र आफ्नो तथा जजमानको घरमा पुर्याउने गरिन्छ ।

देव तथा पितृकार्यमा प्रयोग गरिने कुश आज घर(घरमा भित्र्याइदै छ । आज भाद्र कृष्ण औशीका दिन कुशे औशी पर्व मनाइन्छ । यस दिनमा विकिपूर्वक कुश काट्ने र आफ्नो तथा जजमानको घरमा पुर्याउने गरिन्छ ।

कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख, शान्ति, मिल्ने धार्मिक विश्वास रहिआएको छ भने यसको प्रयोग आयुर्वे्दिक उपचारमा समेत गरिन्छ । विषेश गरी धार्मिक तथा पितृ कार्यमा बढी प्रयोग हुने कुशको पौराणिककालमा पनि निकै धेरै प्रसंग उल्लेख गरिएको छ । कुशको प्रयोग धार्मिक तथा पितृकार्य गर्दा कुशको औठी, ब्राम्हण, मोटक, पवित्र, कुशको टुक्रा आदिको रूपमा प्रयोग गर्ने चलन छ ।

बुबाको मुख हेर्ने दिन
पितृ तथा गोकर्ण औशीका रूपमा मनाइने आजको दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा समेत मनाउने गरिन्छ । छोराछोरीले बाबुलाई मनपर्ने मिठाई तथा भोजन गराई सम्मान प्रकट गर्ने परम्परा छ । आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकामा बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृ दिवसका रूपमा मनाईने यस पर्वमा छोराछोरीले बाबुलाई कपडा, तथा सजावटका सामान दिने चलन बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?