कैदीबन्दीमा भाइरल ज्वरो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
कैदीबन्दीमा भाइरल ज्वरो

सारांश

  • महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।
  • अत्यधिक गर्मीका बीच क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको जेलर कन्हैयाकुमार मिश्रले बताउनुभयो ।
  • उहाँका अनुसार १३५ कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा अहिले विभिन्न न्यायिक र अर्धन्यायिक निकायको आदेशमा कैदीबन्दीको सङ्ख्या ५०० पुगेको छ ।

महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागारमा बस्दै आएका कैदीबन्दीमध्ये एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।अत्यधिक गर्मीका बीच क्षमताभन्दा करीब चार गुणा बढी कैदीबन्दीको चाप बढेकाले जलेश्वर कारागारका एकचौथाइ कैदीबन्दीमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको जेलर कन्हैयाकुमार मिश्रले बताउनुभयो ।उहाँका अनुसार १३५ कैदीबन्दी राख्ने क्षमता भएको यस कारागारमा अहिले विभिन्न न्यायिक र अर्धन्यायिक निकायको आदेशमा कैदीबन्दीको सङ्ख्या ५०० पुगेको छ । ४५१ पुरुष, ४५ महिला र ४ आश्रित बालबालिकासहित अहिले जलेश्वर कारागारमा जम्मा ५०० कैदीबन्दी छन् ।

अत्यधिक चापकै कारण मान्छे–मान्छेबीच उत्पन्न हुने गर्मी र माथिबाट चर्को घामका कारण जलेश्वर कारागारमा अहिले करीब १४० कैदीबन्दीमा भाइरल फिवरको प्रकोप देखिएको मूलकैदी (चौकीदार) श्यामसुन्दर यादवले बताउनुभयो ।अहिले जलेश्वर कारागारबाट दैनिक एक दर्जन बढी कैदीबन्दी उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइने गरिएको जलेश्वर कारागारका सूचना अधिकारी मकसुदन महासेठले बताउनुभयो । उहाँले अत्यधिक गर्मीकै कारण कैदीबन्दी अहिले उकुसमुकुस भएर बाँचिरहेको र एउटा न एउटा कैदीबन्दी बिरामी भइरहने अवस्था रहेको बताउनुभयो ।

दैनिक दर्जनौँको सङ्ख्यामा बिरामी हुने कैदीबन्दीमध्ये धेरैलाई कारागारमै दरबन्दी भएका सिनियर अहेवले भित्रै गएर र बाहिर निकालेर पनि उपचार गरेका छन् भने सिकिस्त बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल पठाउने गरिएको उहाँले बताउनुभयो ।यता जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरले पनि जलेश्वर अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये एकचौथाइ बिरामी कारागारबाटै आउने गरेको बताउनुभयो । चर्को घाम र अत्यधिक गर्मीले अहिले जलेश्वर कारागारबाट प्रायः सबै कैदीबन्दी कुनै न कुनै रुपले प्रभावित भइरहेका छन् भने एकचौथाइ कैदीबन्दी भाइरल ज्वरोको सिकार भएर उपचारमा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने
देउवाको सानो मन्त्रिपरिषद् , को–को बन्दैछन् मन्त्री ? (नामसहित)
देउवाको सानो मन्त्रिपरिषद् , को–को बन्दैछन् मन्त्री ? (नामसहित)
कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
संविधानअनुसार विधान बनाउने पहिलो पार्टी काङ्ग्रेस
संविधानअनुसार विधान बनाउने पहिलो पार्टी काङ्ग्रेस
पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै
पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै
बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी
बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी
बर्षा राउतले यसरी माफी मागिन्
बर्षा राउतले यसरी माफी मागिन्
मैले बाबुका रुपमा प्रकाशमाथि न्याय गरिनँ, गर्न सकिनँ: प्रचण्ड(पुरै भाषण)
मैले बाबुका रुपमा प्रकाशमाथि न्याय गरिनँ, गर्न सकिनँ: प्रचण्ड(पुरै भाषण)
छोरीकाे अपमानमा ट्रम्प आक्रोशित
छोरीकाे अपमानमा ट्रम्प आक्रोशित
भोलीदेखि हुने निषेधाज्ञामा पनि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक शाखा सञ्चालन हुने
भोलीदेखि हुने निषेधाज्ञामा पनि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक शाखा सञ्चालन हुने

तपाईंले छुटाउनुभयो कि?