नेकपा नेता बामदेव गौतमलाई पनि डेंगुको आशंका !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २४, २०७६
|
|
३५ पटक हेरिएको
Shares
नेकपा नेता बामदेव गौतमलाई पनि डेंगुको आशंका !

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई डेंगु संक्रमण भएको आशंका गरिएको छ ।
  • पछिल्लो समय काठमाडौंमा चर्चित व्यक्तिहरूलाई डेंगु देखिएका बेला गौतम पनि ४ दिनदेखि ज्वरोले पीडित भएपछि यस्तो आशंका गरिएको हो ।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमलाई डेंगु संक्रमण भएको आशंका गरिएको छ । पछिल्लो समय काठमाडौंमा चर्चित व्यक्तिहरूलाई डेंगु देखिएका बेला गौतम पनि ४ दिनदेखि ज्वरोले पीडित भएपछि यस्तो आशंका गरिएको हो । लगातार चार दिनदेखि ज्वरो आएपछि नेता गौतमलाई डेंगुको आशंका गर्दै रगत परीक्षण गरिएको छ ।

गौतमको निही सचिवालय स्रोतका अनुसार डेंगु भएको आशंकामा रगत परीक्षण गरिएको हो जसको रिपोर्ट आउन बाँकी छ । शनिबारबाट शुरु भएको ज्वरोले गौतमलाई नछोडेपछि डेंगुको आशंका गरिएको हो । नेता गौतम सिंगापुरबाट गत २० भदौमा स्वदेश फर्किएका हुन् । सिंगापुरमा डेंगुको महामारी फैलिएपछि आपतकाल नै घोषणा गरिएकाले नेता गौतमलाई उतै संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?