नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न,उत्कृष्ठ १ सय एजेन्ट र एजेन्सी म्यानेजर नगदसहित पुरस्कृत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २४, २०७६
|
|
२० पटक हेरिएको
Shares
नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न,उत्कृष्ठ १ सय एजेन्ट र एजेन्सी म्यानेजर नगदसहित पुरस्कृत

सारांश

  • काठमाडौं ।
  • विगत १९ वर्षदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ भव्यताका साथ सम्पन्न ग¥यो ।
  • कम्पनीले यही भदौ २१ देखि २४ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रम एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गर्दै सम्पन्न भएको हो ।

काठमाडौं । विगत १९ वर्षदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ भव्यताका साथ सम्पन्न ग¥यो । कम्पनीले यही भदौ २१ देखि २४ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रम एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गर्दै सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री विवेक झाले गर्नुभएको हो ।

बाजागाजाका साथ शुरू गरिएको कार्यक्रममा आगामी दिनका लागि कम्पनीको स्ट्राटेजी निर्माण गरिनुका साथै विभिन्न मोटिभेशन र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।
देशभरिका एजेन्ट, एजेन्सी म्यानेजर, क्षेत्रीय कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जनालाई नगदसहित पुरस्कृत गरियो । त्यसैगरी कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने आफ्ना कर्मचारीहरूलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा एजेन्सी म्यानेजरतर्फको ‘एजेन्सी म्यानेजर अफ इयर’ अवार्डका लागि पहिलो हुने बिर्तामोड शाखाकी निर्मला खत्रीले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने नयाँ बानेश्वर शाखाकी दुर्गाकुमारी खत्रीले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बिर्तामोड शाखाकै वेदनारायण गोदारले १ लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् । त्यस्तै, एजेन्टतर्फको ‘एजेन्ट अफ द इयर’ अवार्डका लागि पहिलो हुने नयाँ बानेश्वर शाखाका अच्युत पौडेलले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने बिर्तामोड शाखाकी प्रमिला बस्नेतले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बूढानीलकण्ठ शाखाका नैनबहादुर खत्रीले १ लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् ।

कर्मचारीतर्फको ‘वेष्ट पर्फमेन्स अफ द इयर’ अवार्ड विर्तामोड शाखाका अमेन्द्र कुमार कर्ण र ‘वेस्ट रिजनल म्यानेजर अफ द इयर’ अवार्ड पूर्वाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक टीकादत्त प्याकुरेललाई प्रदान गरिएको छ । नेपालको जीवन बीमा बजारको लगभग ३२ प्रतिशतभन्दा बढी बजारहिस्सा ओगटेको यस कम्पनीले आफ्ना कर्मचारी तथा एजेन्टहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष यस्ता सम्मान तथा उत्प्रेरण मूलक कार्यक्रमहरु गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले जानकारी दिनुभयो । प्रमुख कार्यकारी अधिकृत झाका अनुसार नेपालको इन्स्योरेन्स क्षेत्र विस्तारकै क्रममा रहेकाले हामी पनि देशैभरी जीवन बीमाको सहज पहुँच पु¥याउन शाखा विस्तारको रणनीतिमा रहेको बताउनु भयो ।

साथै नेपाल लाइफले समय सापेक्ष छिटो–छरितो, सरल र सहज रुपमा सेवा प्रदान गर्नको लागि प्रविधि मैत्री बीमा कारोबार अघि बढाउने छ, जसमा एप्स मार्फत बीमितलाई कुनै पनि समय कुनै पनि स्थानबाट सहज पुहँच प्राप्त हुनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले थप्नुभयो कर्मचारीको कार्यसम्पादन तथा अभिकर्ताको उत्प्रेरणा बृद्धिको लागि आवश्यक तालिम तथा उत्प्रेरणा मूलक कार्यक्रमका साथै संस्थागत सुशासनमा विशेष जोड दिने बताउनु भयो । हाल यस कम्पनीको चुक्तापूँजी जीवन बीमाक्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ४९ करोड रहेको छ भने लगानी रू. ७२ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ६७ अर्ब रुपैयाँ रहेको छ ।

१ लाख २८ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ८४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी २६ लाख ३० हजार बढि व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको पद निल्नु न ओकल्नु
जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको पद निल्नु न ओकल्नु
विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ : राष्ट्रपति
विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ : राष्ट्रपति
खादाको दुष्प्रचार गरेको भन्दै माइतीघर मण्डलामा विरोध जुलुस
खादाको दुष्प्रचार गरेको भन्दै माइतीघर मण्डलामा विरोध जुलुस
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
सर्वोच्चमा भिडन्त,प्रधानन्यायाधीशका लागि लडाई गर्ने जोशीको तयारी
सर्वोच्चमा भिडन्त,प्रधानन्यायाधीशका लागि लडाई गर्ने जोशीको तयारी
यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला हुन लागेका सम्झौता
यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला हुन लागेका सम्झौता
प्रधानमन्त्रीको ओलीको थ्रेटपछि खरेल कालो निलो, निगममा अन्तिम चान्स
प्रधानमन्त्रीको ओलीको थ्रेटपछि खरेल कालो निलो, निगममा अन्तिम चान्स
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यको नयाँ रेकर्ड कायम
भविष्य खोज्दै महिला खेलाडी
भविष्य खोज्दै महिला खेलाडी

तपाईंले छुटाउनुभयो कि?