२५ वर्षपछि मनिषा र ज्याकी एकसाथ चलचित्र “प्रस्थानम” मा देखिने भएका छन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ७, २०७६
|
|
२० पटक हेरिएको
Shares
२५ वर्षपछि मनिषा र ज्याकी एकसाथ चलचित्र “प्रस्थानम” मा देखिने भएका छन्

सारांश

  • अभिनेत्री मनिसा कोइराला र बलिउड अभिनेता ज्याकी श्राफ दोस्रो पटक एकसाथ स्क्रिनमा देखिएका छन् ।
  • उनीहरु अभिनीत चलचित्र “प्रस्थानम” मा २५ वर्षपछि उनीहरुलाई एकै साथ देखिएको हो ।
  • देव कत्ता निर्देशित चलचित्र २० सेप्टेम्बरबाट प्रदर्शनमा आएको छ ।

अभिनेत्री मनिसा कोइराला र बलिउड अभिनेता ज्याकी श्राफ दोस्रो पटक एकसाथ स्क्रिनमा देखिएका छन् । उनीहरु अभिनीत चलचित्र “प्रस्थानम” मा २५ वर्षपछि उनीहरुलाई एकै साथ देखिएको हो । देव कत्ता निर्देशित चलचित्र २० सेप्टेम्बरबाट प्रदर्शनमा आएको छ ।मनिषा बलिउड चलचित्र अभिनयमा सक्रिय नेपाली अभिनेत्री हुन् । उनले चलचित्र “१९४२ः अ लभ स्टोरी” बाट ज्याकीसँग डेब्यू गरेकी थिइन् ।

उनको यो ज्याकीसँगको पहिलो चलचित्र हो । त्यसपछि उनी एकै चोटी अहिले ज्याकीसँग चलचित्र “प्रस्थानमा” देखा परेकी छिन् । उनले सन् १९९१ चलचित्र “सौदागर” बाट बलिउड क्षेत्रमा डेब्यू गरेकी हुन् । उनले पहिलो भेटमा ज्याकीसँग निकै डराएको तर त्यतीबेला राम्रो मित्रता भएकाले अब चलचित्रमा ज्याकीको कुरा आउँदा आफू रिल्याक्स फील गर्ने जनाएकी छिन् ।

प्रदर्शनरत चलचित्र “प्रस्थानम” सञ्जय दत्तकी पत्नी मान्यता दत्तको प्रोडक्शनमा बनेको यो चलचित्र तेलुगू चलचित्र “प्रस्थानम” को रिमेक हो । चलचित्रमा सञ्जय दत्तले एक विधवासँग विवाह गरेर उसको बच्चालाई आफ्नो राजनीति र पदभन्दा बढी विश्वास गर्ने बाहुबली नेताको भूमिका निभाएका छन् ।

चलचित्रमा अभिनेता सञ्जय दत्तसँगै मनिषा कोइराला, ज्याकी श्राफ, चंकी पाण्डे, अलि फजललगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?