पुननिर्माण प्राधिकरणमा भुसालको नेतृत्व : को हुन भुसाल ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
५७ पटक हेरिएको
Shares
पुननिर्माण प्राधिकरणमा भुसालको नेतृत्व : को हुन भुसाल ?

सारांश

  • काठमाडौं ।
  • लिलामणी पौडेल मूख्यसचिवबाट अवकास हुने बेला अर्थ सचिव यूवराज भुसालको नाम मूख्य सचिवका लागि चर्चामा थियो ।
  • तर उनले सचिवबाटै अवकास लिनुप¥यो ।

काठमाडौं । लिलामणी पौडेल मूख्यसचिवबाट अवकास हुने बेला अर्थ सचिव यूवराज भुसालको नाम मूख्य सचिवका लागि चर्चामा थियो । तर उनले सचिवबाटै अवकास लिनुप¥यो ।

केही समयपछि सरकारले नेपाल राष्ट्रबैंको गभर्नर नियुक्त गर्नेबेला भुसालको पनि नाम सिफारिस भयो तर अन्त्यमा भुसालको नाम सिफारीसमै सिमीत भयो । गतवर्ष विभीन्न मूलुकका राजदुत नियुक्त गर्ने बेला यूवराज भुसालको नाम पनि चर्चामा आयो तर त्यसमा पनि उनको चर्चा यथार्थतामा परीणत हुन सकेन । भुसाल निराश नै हुनुप¥यो ।

लोकमानसिंह कार्कीको बहिर्गमनपछि रीक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पनि यूवराज भुसालको चर्चा भयो । तर त्यहाँ पनि नियुक्त हुने बेला अर्कै अवस्था आयो ।

शाखा अधिकृतबाट निजामति सेवा प्रवेश गरेर कहिल्यै विबादमा नआई नेपाल सरकारको अर्थ सचिवबाट सेवा निवृत्त भएका भुसालले अन्नतः पुनर्निर्माण प्राधिकरणको दौड भने जितेका छन् ।

को हुन सिईओ भुसाल ?
अर्थसचिवबाट सेवा निबृत्त भएपछि भुसाल कर्मचारी प्रशिक्षण प्रतिष्ठामा अध्ययन निर्देशक भएका भुसाल प्राज्ञिक व्यक्तित्व मानिन्छन् । गुल्मीको साविक बाँझकटेरी गाविस ६ (हाल मदाने गाउपालिका २) मा २०१४ सालमा जन्मेका भुसालले स्थानीय सत्यवती प्राथमिक पाठशालामाबाट प्राथमिक शिक्षा लिएका थिए । उनले हिमालय मावि बस्तु, धुर्कोट माध्यमिक शिक्षा उत्तिर्ण गरेका थिए ।

पृथ्वीनारायण क्याम्पस, पोखराबाट प्रथम श्रेणीमा स्नातक, त्रिविबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका भुसालले अध्ययनलाई अगाडी बढाउने क्रममा जर्मनीको डोर्टमुण्ड विश्वविद्यालयबाट विकास योजना र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी र थाइल्याण्डमा विकास अर्थशास्त्रमा स्वर्णपदक प्राप्त व्यक्ति हुन ।

विक्रम संवत २०३७ सालमा शाखा अधिकृतबाट सरकारी सेवा प्रवेश गरेका भुसाल २०४३ सालमा सहायक सचिव हुँदै, २०५० सालसम्म विभीन्न जिल्लामा स्थानीय विकास अधिकारी भई काम गरेका थिए । २०५४ सालमा सह सचिव भएपछि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा करीव १ वर्ष, अर्थमन्त्रालको बजेट महाशाखामा ४ वर्ष, परराष्ट्र मन्त्रालय अन्तर्गत नेपाली महावाणिज्य दुतावास कोलकातामा ३ वर्ष महावाणिज्य दुत भई काम गरेका थिए ।

२०६५ सालमा सचिव बनेका उनले २०७१ साउनसम्म भूमिसुधार, प्रशासन पुनः संरचना आयोग, वन, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगमा काम गरेको अनुभव छ । भुसाल विशेष गरी वातावरण, प्राकृतिक श्रोत व्यवस्थापन, स्थानीय सरकार तथा विकेन्द्रिकरण, लैंगिक मामला, विकास योजना र गरीवि निवारणको क्षेत्रमा विशेष दखल भएका व्यक्ति हुन् ।

उनी सदस्य सचिव हुँदा प्रशासन पुनर्संरचना आयोगले तयार पारेको सुझाव मुलुक संघीयतमा गएपछि बढी सान्दर्भिक देखिएको छ । अर्थशास्त्रमा पनि राम्रो दखल भएका भुसालले अफगान सरकारले आह्वान गरेको विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएर एक वर्ष अफगानिस्तानको अर्थ मन्त्रालयमा बजेट सल्लाहकार भई काम गरेका थिए ।

स्टाफ कलेजमा २ वर्ष अध्यापन गरेका भुसालको अभुभवलाई सकरारले राष्ट्रिय योजना आयोग तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका महत्वपूर्ण परीयोजनामा विज्ञको ?पमा प्रयोग गरीरहेको छ ।

सम्धि नाताले फाईदा कि बेफाईदा
काँग्रेस बरीष्ठ नेता रामचन्द्र पौडेलका छोरासंग आफ्नी छोरीको बिबाह हुँदा भुसाल नेपाल सरकाको सह–सचिव थिए । अध्ययनमा तिक्ष्ण भएका भुसाल प्रतिस्पर्धाबाटै राज्यको माथिल्लो निकायमा पुगेपनि छोरीको बिबाहपछि भने रामचन्द्रसंग नाम जोडिन थाल्यो ।

सरकारी सेवाबाट अवकासपछि पनि आफ्नो क्षमतालाई राज्यका विभीन्न निकायमा रहेर सेवा गर्न चाहने भुसाललाई तरसम्धि साईनोपछि कुनै राजनीतिक लाभ भने भएको छैन ।

आफ्नो क्षमतालाई निस्कृय हुन नदिन पूर्वाञ्चल विश्वविद्यालय तथा मध्यपश्चिम विश्वविद्यालयको आंशिक फयाकल्टी मेम्वरको रुपमा उनले काम गरीरहे ।

विश्वव्यापी प्रतियोगीतामा समेत भाग लिएर क्षमता देखाएका उनलाई राज्यका विभिन्न पदमा नियुक्तीका क्रममा समेत रामचन्द्र पौडेलसंग जोडेर मात्र मिडियामा लेख्ने काम गरेकोमा उनी सँधै चिन्तित देखिने उनका निकटस्थहरु बताउँछन् । ‘पारीवारीक नाता सम्बन्ध एक ठाउँमा रहन्छ तर सोही नाता जोडेर सँधै नियुक्तिमा पछाडी पार्ने काम बाहिर र भित्रबाट भएको छ’ श्रोत भन्छ – ‘संगै अवकास भएका सचिवहरु सबै राज्यका विभिन्न निकायमा हुँदा पनि उहाँ सधै पछाडी पारीनुभयो ।’

पुनर्निमार्णको गतिलाई बढाउँछु : भुसाल
प्रमुख कार्यकारी अधिकृत नियुक्त भईसकेपछि भुसालले पुनर्निर्माण प्राधिकरणमा भैरहेका कामलाई दु्रत गतिमा अगाडी बढाउने बताए । भुकम्पपिडीतका घर र ऐतिहासिक सम्पदाको पुनर्निमार्णलाई एकसाथ अगाडी बढाउने योजना रहेको उनले सुनाए ।

‘राज्यले मेरो योग्यतालाई विश्वास गरेर जुन जिम्मेवारी सुम्पिएको छ, त्यसलाई छिटो र छोटो बाटो अपनाएर पूरा गर्नेछु’ उनले भने ‘भुकम्पपिडीतको घर निर्माण सम्पन्न गरी उनीहरुको मुहारमा खुसी ल्याउनु र राज्यका धरोहर निर्माण गरेर देशका सम्पदा जोगाउनु मेरो प्रमुख प्रयत्न रहने छ ।’

निजामति सेवामा रहँँदा सफल मानिएका अध्ययनशिल र धार्मिक स्वभावका भुसालको नेतृत्वपछि पुनर्निर्माण प्राधिकरण कतिको सफल हुने हो त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प
टोङ्गा नजिक ६.४ म्याग्नीच्यूडको भूकम्प
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
सुर्य चिन्हका लागि रस्साकस्सी
सुर्य चिन्हका लागि रस्साकस्सी
ओलीले भने– नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न
ओलीले भने– नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न
चिनियाँ जनवादी क्रान्तिको आधार इलाकामा उपराष्ट्रपति पुनका १२ तस्बिर
चिनियाँ जनवादी क्रान्तिको आधार इलाकामा उपराष्ट्रपति पुनका १२ तस्बिर
सामूहिक बलात्कारको घट्नामा पक्राउ परेका दोषीलाई कारबाही गर्न सांसद महतोको माग
सामूहिक बलात्कारको घट्नामा पक्राउ परेका दोषीलाई कारबाही गर्न सांसद महतोको माग
कला विश्वविद्यालयको आवश्यकता : मन्त्री अधिकारी
प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यको माधव नेपालप्रति आक्रोश
प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यको माधव नेपालप्रति आक्रोश
प्रदेश १ को प्रमुख सचिव फेरबदल गर्दै केन्द्र सरकार
प्रदेश १ को प्रमुख सचिव फेरबदल गर्दै केन्द्र सरकार
प्रचण्डले मान्लान् ओलीको यस्तो प्रस्ताव ?
प्रचण्डले मान्लान् ओलीको यस्तो प्रस्ताव ?