विश्वकपसम्म फिट हुन्छु : नेयमार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
विश्वकपसम्म फिट हुन्छु : नेयमार

सारांश

  • काठमाडौं, ४ वैशाख ।
  • ब्राजिलियन स्टार नेयमारले रसिया विश्वकप आफुले खेल्ने बताएका छन् ।
  • घाइते अवस्थामा रहेका नेयमारले ब्राजिलियन टेलिभिजन कार्यक्रम ‘अल्टास होरास’ मा अन्तरवार्ता दिँदै विश्वकपसम्म आफु फिट हुने बताएका हुन् ।

काठमाडौं, ४ वैशाख । ब्राजिलियन स्टार नेयमारले रसिया विश्वकप आफुले खेल्ने बताएका छन् । घाइते अवस्थामा रहेका नेयमारले ब्राजिलियन टेलिभिजन कार्यक्रम ‘अल्टास होरास’ मा अन्तरवार्ता दिँदै विश्वकपसम्म आफु फिट हुने बताएका हुन् ।

उनले खुट्टाको दुखाई कम भएको समेत बताएका छन् । फेब्रुअरी २५ मा लिग वान अन्तरगत मार्सेली विरुद्धको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)का यी स्टारले खुट्टामा चोट बोकेका थिए । नेयमारको दाँया खुट्टाको औंला भाचिएको कारण शल्यक्रिया गर्नु परेको थियो। उनी उक्त कार्यक्रममा बैसाखीको सहयोग लिएर पुगेका थिए ।

 

‘विश्वकप सुरु हुन अझै एक महिना छ । म यो एक महिनामा फिट हुन्छु र विश्वकपमा मैदान उत्रन्छु,’ उनले भनेका छन्, ‘मलाई दर्शक बनेर खेल हेर्न मन लाग्दैन । त्यसैले म खेल्ने तयारीमा छु ।’

विश्व कपलाई लक्षित गर्दै नेयमार जिममा ‘वर्क आउट’ गर्न थालेका छन् । ब्राजिलका प्रशिक्षक टिटेले मे १४ मा विश्वकपका लागि ब्राजिलियन टोलीको घोषणा गर्ने कार्यक्रम छ । टिटेले नेयमारलाई टोलीमा राख्ने बताइएको छ । ब्राजिलले रसिया विश्वकपमा नेयमारबाट ठूलो आशा राखेको छ । रुस विश्व कप जुन १४ बाट सुरु हुँदै छ । ब्राजिलले पहिलो खेल स्विट्जरल्यान्डसँग जुन १७ मा खेल्नेछ ।

ब्राजिलले उपाधि जित्न सक्छः पेले

ब्राजिलका लिजेन्ड पेलेले आगामी विश्वकपमा नेयमार पूर्णरुपमा फिट भएर मैदान उत्रने दावी गरेका छन् । एफपीसँग कुरा गर्दै उनले नेयमारको अवस्था सुधार भइरहेकाले छैटौं पटक विश्वकप उपाधि जित्ने अभियानमा नेयमारले महत्वपूर्ण भूमिका निभाउने बताएका हुन् ।
उनले भनेका छन्, ‘हामीसँग यूरोपमा खेल्ने धेरै राम्रा खेलाडी छन् । आगमी विश्वकपका लागि निकै राम्रो टिम बन्ने छ । र उपाधि जित्ने हाम्रो अभियान सफल हुने आशा छ ।’

 

यद्यपी उनले अर्जेन्टिना, जर्मनी, इंग्लाण्ड र फ्रान्स पनि उपाधीका दावेदारकारुपमा लिएका छन् । २०१० को विजेता स्पने र क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगलको नाम भने उनले उल्लेख गरेका छैनन् ।

(brandxhuaraches.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prabal Ghimire

    hunu par6

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?