नेकपाको ओह्रालो यात्राः जनता किन यति चाँडै वाक्क भए !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
२० पटक हेरिएको
Shares
नेकपाको ओह्रालो यात्राः जनता किन यति चाँडै वाक्क भए !

सारांश

  • काठमाडौं ।
  • पछिल्लो समय सरकारको आलोचना बढ्दै गएको छ ।
  • सरकारका काम कारबाहीविरुद्ध असन्तुष्टिहरू प्रकट भइरहँदा सत्तारूढ दलका नेता ‘प्रतिगमनकारीहरू परिवर्तनविरुद्ध सक्रिय हुन थालेको’ टिप्पणी गर्न थालेका छन् ।

काठमाडौं । पछिल्लो समय सरकारको आलोचना बढ्दै गएको छ । सरकारका काम कारबाहीविरुद्ध असन्तुष्टिहरू प्रकट भइरहँदा सत्तारूढ दलका नेता ‘प्रतिगमनकारीहरू परिवर्तनविरुद्ध सक्रिय हुन थालेको’ टिप्पणी गर्न थालेका छन् ।

हालै भएका केही व्यावसायिक संगठनका निर्वाचनमा भने सत्तारूढ दलनिकट समूह नराम्ररी पराजित भएबाट संघमा दुई तिहाइ बहुमत रहेको सरकारकै लोकप्रियता घटेको अर्थमा व्याख्या गर्न थालिएको छ ।

केन्द्रमा मात्रै नभई सातवटा प्रदेशमध्ये ६ वटामा सरकारको नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यावसायिक संगठनहरूले धमाधम पराजय व्यहोरेका हुन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लादेखि अर्का अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्लामा समेत नेकपानिकट व्यावसायिक संगठन पराजित हुनुलाई सामान्य रूपमा लिन नहुने विश्लेषकहरूको भनाइ छ ।

मंगलबार भएको वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेकपा निकट प्यानल नै पराजित भएको छ । निर्वाचनमा लोकतान्त्रिक समूहका विष्णुप्रसाद गैरेसहितको प्यानल विजयी भएको छ । नेकपा र संघीय समाजवादी पार्टी्निकट व्यवसायीका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका सरोजकुमार पोखरेल पराजित भएका छन् । दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भई सत्तारुढ नेकपाले विशाल आकार लिएको अवस्थामा अर्को सत्तारूढ घटक संघीय समाजवादी पार्टीको समेत समर्थनमा साझा प्यानल बनाएको अवस्थामा पोखरेलको टिम पराजित भएको हो ।

गैरे कुल ३३० मत प्राप्त गरेर विजयी हुँदा पोखरेलले २८३ मत पाए ।

यसअघि, दमकमा भएको उद्योग वाणिज्य संघको निर्वाचनमा नेकपानिकट प्रगतिशित व्यवसायी संगठनले हार व्यहोरेको थियो । भदौको दोस्रो साता भएको निर्वाचनमा प्रगतिशील समूहका विमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिक समूहका गोकुल श्रेष्ठ अध्यक्षमा विजयी भएका थिए । अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक समूह विजय हुँदा प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० पद जितेको थियो ।

अर्का अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्ला चितवनमा पनि नेकपा निकट व्यवसायीले पराजय व्यहोरेका छन् । भदौ अन्तिम साता भएको नेपाल निर्माण व्यवसायी संघ चितवनको चुनावमा लोकतान्त्रिक प्यानलका उमानन्द कँडेल (बाबुराम) ले प्रगतिशीलका छवि गौतमलाई फराकिलो मतले पराजित गरेका थिए ।

यस्तै, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा पनि नेकपा निकट उम्मेदवारले पराजय व्यहोरेका छन् । भदौ तेस्रो साता भएको निर्वाचनमा कांग्रेस निकट खुमबहादुर सुवेदीले अध्यक्ष पदमा प्रगतिशील समूहका अञ्जान थापालाई पराजित गरे ।

वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्षमा पनि कांग्रेसनिकट उम्मेदवार नै विजयी भएका छन् । महासचिव र सचिवमा भने नेकपा निकट उम्मेदावार विजयी भए ।

यसैगरी ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा पनि प्रजातान्त्रिक समूहका उम्मेदवार नै विजयी भए । जेठ अन्तिमतिर भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रकाशनरसिंह राणाले नेकपाका उम्मेदवार अर्जुनलाल प्रधानलाई पराजित गरेका थिए ।

व्यावसायिक संगठनमा आफूनिकट समूहको लगातार पराजयपछि नेकपाभित्र बहस सुरु भएको छ । व्यावसायिक संगठनमा पराजय हुनुको कारण पार्टी्भित्र खोज्न थालिएको स्रोतले बताएको छ ।

नेकपाका एकजना स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टी्भित्र अन्तर्घातका घटनाहरू बढ्न थाले । नेताहरूले आफू निकटलाई उम्मेदवार बनाउँदा पनि यस्तो अवस्था आयो । यो विषयमा समीक्षा हुनु जरुरी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?