पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः नेता नेपाल
सारांश
- काठमाडौँ, १६ चैत, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र समृद्धिका लागि पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
- नेकपा (एमाले) भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागद्वारा आयोजित गोष्ठीको उद्घाटन गर्दै नेता नेपालले उक्त क्षेत्रमा गरिने लगानीले देशमा ठूलो संख्यामा रोजगार सिर्जना गर्ने बताउनुभयो ।
- पूर्वाधारका योजना सम्पन्न भएपछि मात्र ठेकेदारलाई भुक्तानी दिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो–“भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ, प्रधानमन्त्रीले विभागीय मन्त्रीलाई निर्देशन दिनुभएको छ, अब सचिव, महानिर्देशकले भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्नुपर्छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया