एसिड पीडित मुस्कानलाई बलिउडका अमिताभ बच्चनको सन्देश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १६, २०७६
|
|
२१ पटक हेरिएको
Shares
एसिड पीडित मुस्कानलाई बलिउडका अमिताभ बच्चनको सन्देश

सारांश

  • काठमाडौं, १६ असोज ।
  • एसिड आक्रमणमा परेर घाइते विरगञ्जकी १४ वर्षीया मुस्कान खातुनलाई बलिउडका अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन्।
  • गत भदौ २० गते विद्यालयबाट घर फर्किने विरगन्जमा दुई जना युवाले खातुनमाथी एसिड प्रहार गरेका थिए।

काठमाडौं, १६ असोज । एसिड आक्रमणमा परेर घाइते विरगञ्जकी १४ वर्षीया मुस्कान खातुनलाई बलिउडका अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन्। गत भदौ २० गते विद्यालयबाट घर फर्किने विरगन्जमा दुई जना युवाले खातुनमाथी एसिड प्रहार गरेका थिए।हाल किर्तिपुर अस्पतालमा उपचाररत खातुनलाई बच्चनले एक भिडियो सन्देश पठाउँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।उक्त भिडियो सन्देशमा बच्चनले मुस्कानमाथी घटेको घटना सुन्दा आफूलाई निकै दुःख लागेको जानकारी गराएका छन् ।

‘मुस्कानलाई हिम्मतवाली सम्बोधन गर्दै उनले घटना थाहा पाएर पश्चात आफुलाई निकै दुःख लागेको पनि बताएका छन् ।अब उप्रान्त यस्ता घटनाबाट कोहि पनि पीडित हुन नपरोस भन्दै बच्चनले मुस्कानको नामको पनि प्रशंसा गरेका छन ।‘

तपाईंको नाम अति सुन्दर छ। तपाईंको अनुहारमा सधैं मुस्कान छाइरहोस्,’ बच्चनद्वारा जारी सन्देशमा उल्लेख छ । केहि समय पहिले मात्रै अर्को अभिनेता बरुण धवनले पनि भिडियो सन्देश मार्फत स्वास्थलाभको कामना गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?