६४ औँ प्रहरी दिवसः अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई प्रमको अनुरोध
सारांश
- ६४ औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध अनुसन्धानका लागि कुन पार्टी सरकारमा छ भनेर प्रहरीले विचार गर्न नहुने बताए ।
- कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुन पार्टी सरकारमा छ र कुन व्यक्तिले अपराध गर्यो भनेर लेखाजोखा नगरी अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरे ।
- गृहमन्त्री रामबहादुर थापा बादलले महिला हिंसाविरुद्ध सून्य सहनशीलता अपनाइने बताएका छन् ।
६४ औँ प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध अनुसन्धानका लागि कुन पार्टी सरकारमा छ भनेर प्रहरीले विचार गर्न नहुने बताए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुन पार्टी सरकारमा छ र कुन व्यक्तिले अपराध गर्यो भनेर लेखाजोखा नगरी अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरे ।
गृहमन्त्री रामबहादुर थापा बादलले महिला हिंसाविरुद्ध सून्य सहनशीलता अपनाइने बताएका छन् । उनले महिलामाथि हुने हिंसामाथि कडा रुपमा प्रस्तुत हुन निर्देशन दिए । ‘महिला हिंसाविरुद्ध सून्य सहनशीलता अपनाइएको छ,’ गृहमन्त्री बादलले भने, ‘यस्ता अपराध गर्ने कदापि क्षम्य हुन्न र कारबाहीमा कुनै हिचकिचाहट हुनुहुँदैन ।’
महिलामाथि जर्बजस्ती अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेको अवस्थामा महिला हिंसाको विषय उल्लेख गर्दै गृहमन्त्रीबाट पछिल्लो भनाई आएको हो । उनले महरा प्रकरणमा कारबाहीको निर्देशन दिएको बुझिएको छ ।
कार्यक्रममा बादलले प्रहरीको विकल्प नहुने बताए । जतिसुकै आलोचना गरिएपनि प्रहरी आम नागरिकका लागि आवश्यक रहेको बताए । उनले भने, ‘बाटोमा चेकजाँच गर्दा रिसाउने मान्छे घरमा ताल्चा फुटेको देखेपछि प्रहरी सम्झन्छ ।’
प्रहरी समाजको उपज भएकाले काम, कर्तव्य र शैली समाज प्रतिबिम्बित हुने बताए । प्रहरीभित्र सुधारको सम्भावना रहेको भन्दै अझ काम प्रभावकारी बनाउन सुझाव दिए ।
प्रतिक्रिया